मुख्यमन्त्रीद्धारा डेढगाउँ-झ्यालवास सडक खण्डको शिलान्यास
नवलपुर । गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी-पोखरा-कोरला सडक मार्गको नवलपुरको डेढगाउँ-झ्यालबास खण्डको मंगलबार शिलान्यास गरिएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सडकको शिलान्यास गरेका हुन ।
५१ करोडको लागतमा निर्माण सम्पन्न हुने गरि नवलपुरको झ्यालबास देखि डेढगाउँ जोडने १४ किलोमिटर सडकको निर्माण कार्य चैत्र देखि सुरु भएर ३० महिनामा सकिने पुर्वाधार कार्यालय नवलपुरले जनाएको छ । सडकको दुवै साईडमा नाली बन्ने र कालो पत्रेको भाग ७ मिटरको ...


