नवलपुर । गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं. ८ ले वडाको कालिका टोलमा ३७ सदस्यीय टोल कमिटी गठन गरेको छ।नेकपा एमाले गैँडाकोट नगर कमिटीका सचिवालय सदस्य गुणाखर रेग्मीको प्रमुख आतिथ्यता एवंम् नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको बृहत भेलाले जय कालिका टोलमा थानेश्वर कंडेलको अध्यक्षतामा ३७ सदस्यीय टोल कमिटि गठन गरेको हो ।

वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले वडाका ११ वटै टोलहरुमा कमिटि गठन गर्ने अभियान अन्तर्गत कालिका टोलमा कमिटी गठन गरिएको जानकारी दिनुभयो । कमिटिको उपाध्यक्षमा लक्ष्मी सुवेदी, सचिवमा जानकी पौडेल, उपसचिवमा नारायण अधिकारी र सिता पौडेल रहनु भएको छ ।

त्यसैगरी टोल कमिटीको सदस्यहरुमा मालिका आचार्य, सुमित्रा सापकोटा, शालिकराम शर्मा, चन्द्रमाया स्याङत्याङ, हेमराज आर्चाय, दुर्गा देवी ढुङ्गाना, पार्वती शर्मा, सन्तुमाया चापागाई, झुमा क्षेत्री, प्रिति अधिकारी,चन्द्रकला राना, इन्द्र कुमारी सापकोटा (विमला), गिता अधिकारी, पार्वती केसी, कला लामीछाने, संगीता अधिकारी, शोभा केसी,चन्द्रकला नेपाली, भगवती पौडेल, नैना केसी, शोभा कार्की, राजेन्द्र अधिकारी, लक्ष्मी क्षेत्री, मनरुपा खत्री, मुक्तीराम भुसाल, कमला पौडेल,टिकाराम लामीछाने, लेख वहादुर थापा, तुलसी पराजुली, शारदा पौडेल, र सविता सुवेदी रहनुभएको छ ।

माघ १० गतेदेखि सुरु भएको टोल कमिटी गठन कार्यक्रम यहि साताभित्र सम्पन्न हुने अधयक्ष श्रीहरी चालिसेले बताउनुभयो । उहाँका अनुसार अव दुईवटा टोलमा मात्रै कमिटी गठन गर्न बाँकी छ । टोल कमिटी गठनको अभियान सम्पन्न भए लगत्तै निर्वाचन केन्द्रीत बृहत पार्टि प्रशिक्षण कार्यक्रम राख्ने नेकपा एमाले गैँडाकोट ८ ले जनाएको छ ।

तपाईको प्रतिक्रिया