गैँडाकोट । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी चयन भएका छन् । आज सम्पन्न दोस्रो नगरअधिवेशन मार्फत अधिकारीको अध्यक्षतामा २८ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा अब्जल बिक, सचिवमा प्रमोद पोखरेल, सहसचिवमा सविता थापा, अन्सु सुवेदी, सन्जय देवकोटा र कोषाध्यक्षमा यन्सीला पौडेल चयन भएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
२८ सदस्यीय कमिटी गठन गरिएपनि आगामी बैठकमार्फत ११ सदस्य मनोनित गरि कमिटीलाई ३९ सदस्यीय बनाईने उनले बताए ।

तपाईको प्रतिक्रिया