×

राजनीति

सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : अध्यक्ष ओली

सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : अध्यक्ष ओली
नवलपुर — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम भएको दाबी गरेका छन् ।पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्रराजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलामखानीबाट फलाम निकाल्ने काम सुखी नेपालकै निरन्तरताको लागि आफैंले सुरु गरेको ओलीको दाबी थियो । मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्...

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं।  प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ। बैठक साढे ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको बैठकमा एकमात्र सम्भावित कार्यसूची रहेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। त्यस्तै संसद बैठकअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले बिहान ११ बजे बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ...

माओवादी बैठकमा एमसीसीबारे छलफल हुने

माओवादी बैठकमा एमसीसीबारे छलफल हुने
काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रवार बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट छ । यो समूहका सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाएका थिए । एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक...

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने
काठमाडौं - २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष...

एमाले नवलपुरमा कार्य विभाजन (कसलाई के जिम्मेवारी?)

एमाले नवलपुरमा कार्य विभाजन (कसलाई के जिम्मेवारी?)
नवलपुर । नेकपा एमाले नवलपुरको दोश्रो पूर्ण बैठकले कार्य विभाजन गरेको छ । बैठकले विभाग देखी जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको छ । बैठकले ३७ सदस्य सचिवालय गठन गरेको छ भने २२ वटा जनसंगठन इन्चार्ज , २७ वटा विभाग , प्रतिनिधि निर्वाचन क्षेत्र समन्वय कमिटी समेत गठन गरेको छ । कसलाई के जिम्मेवारी ? स्कुल विभाग संयोजकमा– मुक्तिराम पाण्डे संगठन विभाग प्रमुखमा –भिमलाल अधिकारी आर्थिक विभागमा –मनविर थापा स्थानीय तह विभाग –छत्रराज पौडेल प्रचार तथा प्रकाशन विभागमा– सागर पोख्रेल...

नेकपा एमाले गैँडाकाेट वडा नं. २ को इन्चार्जमा नेता पौडेल

नेकपा एमाले गैँडाकाेट वडा नं. २ को इन्चार्जमा  नेता पौडेल
गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ को ईन्चार्जमा नेता धन बहादुर पौडेल चयन हुुनुुभएको छ । नेकपा एमाले नवलपुरको आज बसेको बैठकले नेता पौडेललाई गैँडाकोट नगरपालिका वडा नं. २ को ईन्चार्ज तोकको नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष राजु भूसालले जानकारी दिनुभयो  । तत्कालिन गैँडाकोट गाउँकमिटीकाे सचिव र अध्यक्ष हुँदै ईलाका कमिटीको समेत नेतृत्व गरेका पौडेल हाल जिल्ला कमिटीका सदस्य समेत हुनुहुन्छ विगतमा गैँडाकोटमा एमाले कमजोर रहेका बेला समेत अविचलित भै पार्टीका लागि योगदान दिएको भन्दै एमाल...

एमसीसीमा माओवादीका ७ सांसदको ‘विद्रोह’, कारबाही गर्ने प्रचण्डको चेतावनी

एमसीसीमा माओवादीका ७ सांसदको ‘विद्रोह’, कारबाही गर्ने प्रचण्डको चेतावनी
काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन  अनुमोदन गराउने विषयमा नेकपा माओवादी केन्द्रका सात जना सांसदले विद्रोह गरेका छन् । गत ११–१९ पुसमा सम्पन्न महाधिवेशन र संसदीय दलको ४ फागुनको निर्णयविपरीत संशोधन र परिमार्जनविना नै एमसीसी अनुमोदन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन प्रति आपत्ति जनाउँदै सात सांसदले ‘विद्रोह’ गरेका हुन् । उक्त ‘विद्रोह’का बारे आगामी केन्द्रीय समिति बैठकमा घनिभूत छलफल हुने भएको छ । ‘एमसीसी अनुमोदनको विपक्षमा माओवादीका सात जना ...

एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै

एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ । पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यही फागुन ८ गते प्र...

एमाले सांसद मोहन बानियाँ पक्राउ

एमाले सांसद मोहन बानियाँ पक्राउ
दाङ । नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोप पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । काठमाडौबाट फर्कदै गर्दा नेपालगंन्जमा बानिया पक्राउ परेका हुन् । नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।