×

नवलपुर — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम भएको दाबी गरेका छन् ।पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्रराजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलामखानीबाट फलाम निकाल्ने काम सुखी नेपालकै निरन्तरताको लागि आफैंले सुरु गरेको ओलीको दाबी थियो ।

मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । देश विकासलाई अघि बढाउन आफ्नो सरकारको पालामा थुप्रै इट्टा थपिएको उनको भनाइ थियो ।नेता ओलीले अर्को प्रसंगमा नेपालकै ऋषिमुनिको सिको गर्दै चिकित्सा विज्ञानले बिरामीको शल्यकृयाको सुरुआत भएको जिकिर गरेका थिए ।यस क्रममा ओलीले मझीलाल थारुको नाममा २ लाख रुपैयाँको अक्षयकोषको समेत घोषणा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया