दाङ । नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोप पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

काठमाडौबाट फर्कदै गर्दा नेपालगंन्जमा बानिया पक्राउ परेका हुन् । नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

तपाईको प्रतिक्रिया