×

काठमाडौं।  प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ। बैठक साढे ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको बैठकमा एकमात्र सम्भावित कार्यसूची रहेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यस्तै संसद बैठकअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले बिहान ११ बजे बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया