×

राजनीति

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा
काठमाडौं ।   चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन्। पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्। नेपालमा विद...

पौडेलले बोलाएको भेलाको निष्कर्ष : गठबन्धन गरेर चुनावमा जानुपर्छ

पौडेलले बोलाएको भेलाको निष्कर्ष  : गठबन्धन गरेर  चुनावमा जानुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए ।सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै द...

कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस केन्द्रीय समिति बैठक आज
काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ। साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने गरी पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ। यस्तै कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि स...

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं ।  चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । नेपाल भ्रमणको बेला उन...

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलो’ हुने एमालेको निष्कर्ष

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलो’ हुने एमालेको निष्कर्ष
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माण...

रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउन उपमेयरमा म : काँग्रेस नेतृ घिमिरे

रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउन उपमेयरमा म  : काँग्रेस नेतृ घिमिरे
नवलपुर । नेपाली काँग्रेसकी महिला नेतृ संगिता घिमिरे काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा आफु गैँडाकोट नगरपालिकाको उपमेयरको प्रमुख दावेदार रहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल मार्फत उहाँले आँउदै गरेको निर्वाचनमा आफु उपमेयरको दावेदार रहेको प्रष्ट पार्नुभयो । रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउने योजना म सँग छ उहाँले भन्नुभयो :  जनभावनालाई समेटेर नगरको विकास कसरी गर्ने भन्ने योजना समेत म सँग छ ।नगरको हरेक कुरामा महिलाहरुको उचित प्रतिनिधीत्व सहित महिलामैत्री नगरपालिका निर्माण ग...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन् ।बैठक दुई दिनसम्म चल्नेछ ।

मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल...

प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले गराए पाँचबुँदे ध्यानाकर्षण

प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले गराए पाँचबुँदे ध्यानाकर्षण
काठमाडौँ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग घाइते रअपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन् । मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न आग्रह गरेका हुन् ।प्रचण्डको सचिवालयका अनुसार सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिका लगत संकलन ...