×

राजनीति

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले अन्तत: चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो । ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको नि...

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी
काठमाण्डौ - प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्नेर नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ ।गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्नेरनगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ । शुक्रवारदेखि भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक...

वाईसीएल नवलपुरका अध्यक्ष पौडेल एमालेमा प्रवेश

वाईसीएल नवलपुरका अध्यक्ष पौडेल एमालेमा प्रवेश
नवलपुर । वाईसीएल नवलपुरका जिल्ला अध्यक्ष प्रवीणराज पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सदरमुकाम कावासोतीमा आज साँझ आयोजित पार्टि प्रवेश कार्यक्रममा वाईसीएल जिल्ला अध्यक्ष पौडेल एमालेमा प्रवेश गर्नुभएको हो । नेकपा माओवादी केन्द्रबाट मुलुकको परिवर्तन सम्भव नभएको भन्दै अध्यक्ष पौडेलले अवको मुलुकको परिवर्तनको लागि एमालेको बिकल्प नभएको बताउनुभयो । प्रचण्डसँगै युुद्ध लडेका सहकर्मीहरु धमाधम उनको साथ छाडेको भन्दै अव मुलुककाे परिवर्तनको लागि आफु एमालेमा रहेर राजनैतिक आन्दोलन अ...

गैँडाकोटका सबै वडाहरुमा कमिटी गठन गर्दै राष्ट्रिय युवासंघ नेपाल

गैँडाकोटका सबै वडाहरुमा कमिटी गठन गर्दै राष्ट्रिय युवासंघ नेपाल
गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगरकमिटीले नगरका सबै वडाहरुमा नयाँ नेतृत्व चयन गर्ने प्रकृयालाई तिव्र रुपमा अघि बढाएको छ ।हालसम्म गैँडाकोट नगरपालिका भित्रका ६ वटा वडाहरुमा कमिटी गठन गरिएको भन्दै अवको केहिदिन भित्रमा सबै वडाहरुमा राष्टिय युवासंघको वडा कमिटी गठन गरिसक्ने नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिनुभयो । चैत्र महिनाभित्र हामिले नगरका सबै वडाहरुमा युवासंघको कमिटी गठन गरिसक्छौ अध्यक्ष कंडेलले भन्नुभयो : वडा तहका कमिटी गठन भएपश्चात राष्टिय युवासंघ एमालेलाई...

अनेरास्ववियु मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन

अनेरास्ववियु मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन
नवलपुर । अनेरास्ववियू मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन हुनुभएको छ । अनेरास्ववियूू मध्यविन्दु नगर कमिटीका अध्यक्ष आदेश ज्ञवालीको अध्यक्षता तथा नेकपा एमाले गण्डकी प्रदेशका सासंद लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा भएको भेलाले तिमिल्सीनाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा नविन गौतम, सचिवमा दीपा गौडेल, कोषाध्यक्षमा रमेश नेपाली र सहसचिमा सुनिल विक रहनुभएको अनेरास्ववियू मध्यविन्दु नगर कमिटीका अध्यक्ष आदेश ज्ञवालीले ज...

तोकिए निर्वाचन अधिकृत, को कहाँ ?

तोकिए निर्वाचन अधिकृत, को कहाँ ?
काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । आयोगले आगामी चैत मसान्तदेखि बैशाख ...

चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ । बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।

निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने

निर्वाचन आयोगले   मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने
काठमाडौं ।  वैशाखमा हुने स्थानीय चुनावलाई निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।आज आयोगले अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो।आयोगका अनुसार दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन्। अब एक करोड ७७ लाखभन्दा बढी मतदाता कायम भएका छन्। आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन। आयोगले वडा, ७५३ पालिका र ७७ वटै निर्वाचन कार्यालयको...

भरतपुर-११ को लामा टोल नै एमाले प्रवेश

भरतपुर-११ को लामा टोल नै एमाले प्रवेश
चितवन ।  चितवनको सबैभन्दा बढि मतदाता भएको भरतपुर महानगरपालिका वडा नंं.११ को लामा टोलका अधिकांश एमाले प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट शुरु गरेको घरदैलो अभियानको आज गरिएको समापन कार्यक्रममा सो टोलबाट करीव १ सय जना एमालेले प्रवेश गरेका हुन् । सो टोल कि ९७ वर्षकी वृद्वा लालमति लामाको नेतृत्वमा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। प्रवेशपछि लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर काँग्रेसलाई भोट दिदै आएपनि देशका लागि परिवर्त...