×

नवलपुर । अनेरास्ववियू मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन हुनुभएको छ । अनेरास्ववियूू मध्यविन्दु नगर कमिटीका अध्यक्ष आदेश ज्ञवालीको अध्यक्षता तथा नेकपा एमाले गण्डकी प्रदेशका सासंद लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा भएको भेलाले तिमिल्सीनाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा नविन गौतम, सचिवमा दीपा गौडेल, कोषाध्यक्षमा रमेश नेपाली र सहसचिमा सुनिल विक रहनुभएको अनेरास्ववियू मध्यविन्दु नगर कमिटीका अध्यक्ष आदेश ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुुख अतिथी लक्ष्मी सुनारले स्थानीय तहहरुमा भ्रष्टाचारको गन्ध आउने गरेको भन्दै त्यसलाई रोक्न तर्फ विद्यार्थीहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचित कमिटीलाई बधाई दिदै उहाँले सभ्य समाज निर्माणका लागि भूमिका खेल्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया