गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगरकमिटीले नगरका सबै वडाहरुमा नयाँ नेतृत्व चयन गर्ने प्रकृयालाई तिव्र रुपमा अघि बढाएको छ ।हालसम्म गैँडाकोट नगरपालिका भित्रका ६ वटा वडाहरुमा कमिटी गठन गरिएको भन्दै अवको केहिदिन भित्रमा सबै वडाहरुमा राष्टिय युवासंघको वडा कमिटी गठन गरिसक्ने नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिनुभयो ।
चैत्र महिनाभित्र हामिले नगरका सबै वडाहरुमा युवासंघको कमिटी गठन गरिसक्छौ अध्यक्ष कंडेलले भन्नुभयो : वडा तहका कमिटी गठन भएपश्चात राष्टिय युवासंघ एमालेलाई जिताउन सबैको घरघरमा जानेछ ।चैत्र महिनाबाट सुरु भएको वडा कमिटी गठन कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका जिल्ला अध्यक्ष कृष्ण कंडेल आफै खटिनुभएको छ । गैँडाकोटमा स्थानिय निर्वाचनमा कायम गरेको विरासतलाई निरन्तता दिन युवाहरुलाई परिचालन गर्दै रणनिति बनाउने युवासंघको तयारी छ ।
हालसम्म गैँडाकोट नगरपालिका वडा नं. ४ का अच्युत रानाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी, वडा नं. ८ मा नविन रानाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी, वडा नं. ११ मा विनोद कामु मगरको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी, वडा नं. १३ मा दिपेन्द्र ढकालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी, वडा नं. १४ मा अशोक चालिसेको अध्यक्षतामा २९ सलस्यीय वडा कमिटी, र वडा नं. १५ मा सुरेन्द्र आले मगरको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगरकमिटीले जनाएको छ ।