नवलपुर । वाईसीएल नवलपुरका जिल्ला अध्यक्ष प्रवीणराज पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सदरमुकाम कावासोतीमा आज साँझ आयोजित पार्टि प्रवेश कार्यक्रममा वाईसीएल जिल्ला अध्यक्ष पौडेल एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रबाट मुलुकको परिवर्तन सम्भव नभएको भन्दै अध्यक्ष पौडेलले अवको मुलुकको परिवर्तनको लागि एमालेको बिकल्प नभएको बताउनुभयो । प्रचण्डसँगै युुद्ध लडेका सहकर्मीहरु धमाधम उनको साथ छाडेको भन्दै अव मुलुककाे परिवर्तनको लागि आफु एमालेमा रहेर राजनैतिक आन्दोलन अगाडी बढाउने बताउनुभयो ।

प्रचन्डले बारम्बार परिवर्तन खतरामा छ भन्दै जनतालाई गुमराहमा राखेर ,जनतालाई लडाएर साम्राज्यवाद र विस्तारवाद सँग साँठगाँठ गर्ने गरेकाे उहाँकाे भनाई थियाे । पाैडेलले हिजाे काङ्ग्रेस मुख्य सत्रु भन्ने प्रचण्ड आज काङ्ग्रेसमा के परिवर्तन आएकाे देखेर मित्र बन्याे भन्दै प्रश्न गरे । उहाँले माओवादीमा प्रचण्डकै भविष्य अन्याेल भएकाे बताउदै तमाम युवालाई समेत आफ्नो भविष्य अन्धकारमा नपारी एमालेमा आउन आग्रह गर्नुभयाे । उहाँसँगै वाईसीएलकाे केन्द्रीय निति प्रतिस्ठान विभागका सदस्य सानू भण्डारी समेत एमालेमा प्रवेश गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया