काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन्।
पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्।
नेपालमा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन्।