नवलपुर । नेपाली काँग्रेसकी महिला नेतृ संगिता घिमिरे काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा आफु गैँडाकोट नगरपालिकाको उपमेयरको प्रमुख दावेदार रहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल मार्फत उहाँले आँउदै गरेको निर्वाचनमा आफु उपमेयरको दावेदार रहेको प्रष्ट पार्नुभयो ।

रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउने योजना म सँग छ उहाँले भन्नुभयो :  जनभावनालाई समेटेर नगरको विकास कसरी गर्ने भन्ने योजना समेत म सँग छ ।नगरको हरेक कुरामा महिलाहरुको उचित प्रतिनिधीत्व सहित महिलामैत्री नगरपालिका निर्माण गर्नको लागि आफुले पहल गर्नेसमेत उहाँले बताउनुभयो ।

नेतृ घिमिरेले हरेक महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा बलियो बनाउने प्रष्ट भिजन समेत आफुसँग रहेको बताउनुभयो ।विगतकाे स्थानीय तहको निर्वाचनमा समेत आफु उपमेयरको प्रमुख दावेदार रहेको भन्दै नेताहरुले दिएको उधारो सम्झौतालाई अवको निर्वाचनमा कार्यान्वयन गर्नेमा आफु आशावादी रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया