×

मनोरञ्जन

सिरोहिया पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभियो रास्वपा

सिरोहिया पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभियो रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ ।महामन्त्री डा। मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका छन् । ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्य...

मदनकृष्ण र हरिवंश एडिलेडको मञ्चमा दर्शक माझ आउने

मदनकृष्ण र हरिवंश एडिलेडको मञ्चमा दर्शक माझ आउने
महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि अष्ट्रेलियाको एडिलेडको मञ्चमा दर्शक माझ आउने हुनुभएको छ।एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित महजात्रा एडिलेड जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ। मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवलाई अविस्मरणीय साँझ बनाउनु हुने विश्वास गरिएको छ ।५-१२ उमेर समूहका लागि टिकटहरू ढोकामा उपलब्ध हुने...

बलात्कार मुद्दामा उच्च अदालतले दियो सन्दीपलाई सफाइ

बलात्कार मुद्दामा उच्च अदालतले दियो सन्दीपलाई सफाइ
काठमाडौं- उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ।बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। ‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने। यस फैसलाको पूर्णपाठ भने आउन बाँकी छ।गत पुस १३ गते जिल्ला अद...

उच्च अदालतबाहिर कडा सुरक्षा, पत्रकारलाई पनि प्रवेश निषेध

उच्च अदालतबाहिर कडा सुरक्षा, पत्रकारलाई पनि प्रवेश निषेध
काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो । आजै मुद्दाको फैसला सुनाउने तयारी छ । फैसलापछिको सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतका रजिस्टार तथा प्रवक्ता विमल पराजुलीले मिडियालाई पनि छिर्न नदिने बताएका छन् ।हिजोको सुनवाइमा म...

नेपाल आइडल सिजन ५ – ‘इशा सुवेदी जिताऔं अभियान’ घोषणा

नेपाल आइडल सिजन ५ – ‘इशा सुवेदी जिताऔं अभियान’ घोषणा
बिर्तामोड । नेपाल आइडल सिजन ५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’को घोषणा गर्दै उनलाई भोट गर्न अपिल गरिएको हो । इशाका दाइ बिराज सुवेदीको संयोजकत्वमा विभिन्न संघसंस्था तथा व्यक्तिहरु सम्मिलित ‘इशा सुवेदी जिताऔं अभियान’को थालनी गरिएको हो । कार्यक्रममा अभियानका संयोजक सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशा सबैको मायाले हाल नेपाल आइडल सिजन ५ को उत्कृष्ट ९ मा पुगेकाले अ...

धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
  काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ । कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५...

पूर्वेली चेली ईशा नेपाल आइडलको टप १६ मा

पूर्वेली चेली ईशा नेपाल आइडलको टप १६ मा
झापा । पूर्वी नेपालको झापा बिर्तामोड की ईशा सुवेदी नेपाल आईडल सीजन ५ को टप १६ मा प्रवेश गरेकी छिन् । ईशा एपी वान टेलिभिजन मार्फत प्रशारण भैरहेको नेपाल आइडलको टप १६ मा प्रवेश गरेकी हुन् । बिर्तामोडको बाल्मीकि प्रोभिडेन्स कलेजमा स्नातक तहमा अध्ययनरत २१ बर्षिया सुवेदी सानैदेखि संगित क्षेत्रमा झुकाव राख्दै आएकी थिइन् । बुवा जिवन सुवेदीले छोरी ईशाले गरेको मेहनतले आफुहरु उत्साहित भएको बताउनुभयो । नेपाल आइडलको सीजन ५ को टप १६ मा पुगेकी ईशा कोशी प्रदेशकै एक्लो चेलि हुन् ।

एडिलेडको मञ्चमा मदनकृष्ण र हरिवंश आउने

एडिलेडको मञ्चमा मदनकृष्ण र हरिवंश आउने
विज्ञान कार्की एडिलेड-महजोडि चर्चित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि एडिलेडको मञ्चमा दर्शक माझ आउने भएका छन्।एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित महजात्रा एडिलेड जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ। मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवको अविस्मरणीय साँझको प्रतिज्ञा गर्नेछन्।ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली का...