×

मनोरञ्जन

फागु पूर्णिमा आज मनाइँदै

फागु पूर्णिमा आज मनाइँदै
काठमाडौं- वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आइतबार मनाइँदैछ।आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ। सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई ...

दिपक बस्नेतको लेखन र बालकृण्ण खनालको स्वरमा “घात भयोे’ बजारमा ( भिडियो)

दिपक बस्नेतको लेखन र बालकृण्ण खनालको स्वरमा “घात भयोे’ बजारमा ( भिडियो)
काठमाडौं । दिपक बस्नेतको लेखन रहेको गीत “घात भयो” सार्वजनिक भएको छ । वस्नेतको रचना, शिव अनुरागको संगित र किरण कडेलले एरेन्ज गरेको यो गितमा बालकृण्ण खनालले स्वर दिएका छन् ।दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडिओलाई बिष्णु खड्काले सम्पादन अनि सुब्रत आर्चायले निर्देशन गरेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार बस्नेतले अहिलेसम्म धेरै गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् ।बस्नेतको बोली मीठो, मेरो भगवान, बिहेगरी खेलौ लगायत गीत लोकप्रिय छन् ।सार्वजनिक गीतको भ...

९३ वर्षीय मिडिया टाइकुन रूपर्ट मर्डकले पाँचौ विहे वैज्ञानिक एलिनासँग गर्दै

९३ वर्षीय मिडिया टाइकुन रूपर्ट मर्डकले पाँचौ विहे वैज्ञानिक एलिनासँग गर्दै
  काठमाडौँ-‘मिडिया टाइकुन’ रूपर्ट मर्डकले ६७ वर्षीया वैज्ञानिक एलिना जुकोभासँग इन्गेजमेन्ट गरेका छन्।अवकाश प्राप्त रूसी वैज्ञानिक जुकोभासँग इन्गेजमेन्ट गरेसँगै मर्डक पुनस् एक पटक चर्चामा आएका छन्। उनीहरूले विवाह गर्ने पक्का भइसकेको मर्डकको कार्यालयले घोषणा गरेको न्युयोर्क टाइम्सले जनाएको छ।संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गरेका यी मिडिया टाइकुन आउँदो सोमबार ९३ वर्ष पुग्‍दैछन्। न्युयोर्क टाइम्सका अनुसार जुकोभा सँगको विवाह समारोह क्यालिफोर्निया...

फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।

इन्द्रेणीबाट निकालिएका ५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति, शर्मिला छुटिन्

इन्द्रेणीबाट निकालिएका ५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति, शर्मिला छुटिन्
काठमाडौं । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । हिजो राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिवद्धता सहमतिपत्रमा गरिएको छ । निकालिएका कलाकारहरुले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरुले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिल...

कस्ता पुरुषप्रति आकर्षित हुन्छन् महिलाहरू ?

कस्ता पुरुषप्रति आकर्षित हुन्छन् महिलाहरू ?
काठमाडौँ । पहिलो पटकको भेटमै हामी कोही प्रति आकर्षित भइहाल्छौँ । महिला होस् वा पुरुष दुबैमा यो नियम लागू हुन्छ ।कोही मान्छेको व्यक्तित्वले हामी यति प्रभावित हुन्छौँ कि पहिलो देख भेटमै मनमा उनीहरुप्रति विशेष अनुभूति आउन थाल्छ । यस्तो खालको अनुभूतिलाई ‘ल अफ अट्रयाक्शन’ (आकर्षणको नियम) भन्न मिल्छ रु के कस्ता चिजका कारण महिला कुनै पुरुषतर्फ पहिलो भेटमै आकर्षित हुन्छिन् ? यसलाई बुझ्न वैज्ञानिकहरुले अनेकौँ अनुसन्धान गरेका छन् । रुटर युनिभर्सिटीका मानवशास्त्री र बेष्ट सेलिङ पुस्त...

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महोत्सव हुँदैछ । आयोजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको छ ।   नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान ...

गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ ।तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग)  बिदाई गर्दै ’हि ल्हो’ (बिरालो वर्ग)  को स्वागत गरेर भव्यरूपमा मनाउने गर्दछन् । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्...

दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक ( भिडिओ सहित)

दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक ( भिडिओ सहित)
काठमाडौं । दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् । “बिहेगरी खेलौ” गीतमा बाल्यकालमा रमाउदै खेलीएको क्षणहरुलाई उल्लेख गरिएको छ । सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत र्सजनामा निक्कै रुची राख्छन् । चर्चीत बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमाबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो । https://youtu...