×

मनोरञ्जन

लोपहुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

लोपहुँदै माझी समुदायको मौलिक संस्कृति बाजा
रामेछाप । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ । स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयवासी बलबाहादुर माझीले बताए । पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउन...

मैले सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक : प्रधानमन्त्री

मैले सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए । आफूले पहिलो पटक सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए । ‘मैल...

नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने

नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने
चितवन ।  नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा।लि।को प्रस्तुतीमा मित्र प्रधान (नर)  को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्नु भएको यस चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने व...

टिकटक तत्काल बन्द गर्न प्राधिकरणले दियो इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

टिकटक तत्काल बन्द गर्न प्राधिकरणले दियो इन्टरनेट सेवा प्रदायकलाई निर्देशन
काठमाडौं । सरकारको निर्णय कार्यान्वयन गर्दै टिकटक तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ।केही इन्टरनेट प्रदायक नेटवर्कमा टिकटक अझै चलिरहेको हुनाले तत्काल रोक लगाउने सम्बन्धमा प्राधिकरणले मंगलबार सूचना जारी गरेको हो। प्राधिकरणद्वारा जारी गरिएको सूचनामा भनिएको छ, नेपाल सरकार मन्त्रिपरिषदको २०८०।०७। २७ गतेको बैठकबाट सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्र...

साढे २ घण्टामा १ हजार २५४ बियर खाएपछि बन्यो विश्व रेकर्ड

साढे २ घण्टामा १ हजार २५४ बियर खाएपछि बन्यो विश्व रेकर्ड
काठमाडौँ । बियर स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडे । जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १११ वटा बियर खाएका थिए । पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड राख्ने प्रयास बिह...

विवादित टिकटकर शान्ति बराललाई माओवादीले गर्‍यो कारबाही

विवादित टिकटकर शान्ति बराललाई माओवादीले गर्‍यो कारबाही
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)  ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन ग...

आज कात्तिक १२ गते आइतवार, यस्तो छ तपाईको राशिफल

आज कात्तिक १२ गते आइतवार, यस्तो छ तपाईको राशिफल
मेष । आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वृष। आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । मिथुन । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । कर्कट । काम गर्ने हौसला मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सु...

बालेन शाहलाई पुत्रीलाभ

बालेन शाहलाई पुत्रीलाभ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।मेयर शाहकी पत्नी सविना काफ्लेले हालै छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान
काठमाडौं । नेकपा (एमाले) का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्र...