×

मेष । आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृष। आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

मिथुन । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

कर्कट । काम गर्ने हौसला मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कार पनि प्राप्ति हुनेछ ।

कन्या। आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

तुला । पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृश्चिक । आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ ।

धनु । आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर ।स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ ।

कुम्भ। आज नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कार्यमा रुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन । आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तपाईको प्रतिक्रिया