भूमिका सुब्बाको ‘वनचरी’ सार्वजनिक (भिडियो)
काठमाडौं । भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनिक भएको छ। सुब्बाले यसअघि मालिङ्गो सैसै, भूमिका र संगिनी गरेर तीनवटा सोले एल्बम ल्याएकी छिन्। उनका आधादर्जन भन्दा बढी सयुक्त गीति संग्रह सार्वजनिक भएका छन्। बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बा जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ।
चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी लक्ष्मी वर्देवाले जीवन्त अभिनय गरेकी छिन्। उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ...


