बलिउडको कला नेपाल भित्र्याउने गजुरेलको चाहना
– नारायण अधिकारी, चितवन, २८ मङ्सिर । विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जम्नुभएका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहनुहुन्छ ।
केही दिनअघि आफ्नो हिन्दी चलचित्र लुडोको प्रचारका क्रममा यहाँ भेटिनुभएका गजुरेलले बलिउडको आफ्नो सीपलाई नेपाली सिने क्षेत्रमा देखाउन चाहेको बताउनुभयो । सन् १९९८ मा भारतको मुम्बईमा फाइन आर्ट (ललितकला) पढ्न पुग्नुभएका गजुरेलले त्यहाँको जेजे स्कूल...


