गैंडाकोट । नवलपुरका सर्जक युवा गीतकार विश्व गौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहिबार गौडेलको ‘सुनरिमै’ म्युजिक भिडियो सार्वजनिक भएको हो।
विश्व गौडेलको शब्द रचना रहेको गीतमा लोकप्रिय गायक-गायीका प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ। गीतमा दीपक शर्माले संगीत दिएका छन्।
चर्चित कलाकारहरु नाजिर हुसेन र ट्विनी गर्ल्स ( प्रिज्मा / प्रिन्सी खतिवडा ) ले गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। म्युजिक भिडियोको कोरियोग्राफी गम्बिर विष्टले गरेका हुन्।
जीवन रसाइलीले निर्देशन गरेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। सुनरिमै म्युजिक भिडियोलाई ब्लेक ब्रोज इन्टरटेनमेन्टले युट्युब मार्फत बजारमा ल्याएको हो। गैडाकोट स्थायी घर भएका गीतकार गौडेल केहि वर्षदेखि अष्ट्रेलियामा छन ।