×

मनोरञ्जन

अर्थतन्त्रमा भएकाे समस्यालाई चिर्न सकिन्छ : अर्थमन्त्री

अर्थतन्त्रमा भएकाे समस्यालाई चिर्न सकिन्छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्या रहे पनि काबु बाहिर नरहेको भन्दै त्यसलाई चिर्न सकिने बताएका छन् । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्रमा समस्या छन् । आस्वस्त पार्न चाहन्छु, समस्या काबु बाहिर छैनन्, समस्या चिर्नेछौं ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग मार्फत अर्थतन्त्रमा भरपुर योगदान पुग्ने उनको विश्वास थियो ।

१९ वर्ष २ महिना केन्द्रीय कारागार बसेर छुटे चार्ल्स शोभराज

१९ वर्ष २ महिना केन्द्रीय कारागार बसेर छुटे चार्ल्स शोभराज
काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् ।बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।कार...

यी पाँच व्यवहारबाट थाहा हुन्छ महिलाको यौन चाहना

यी पाँच व्यवहारबाट थाहा हुन्छ महिलाको यौन चाहना
काठमाण्डौं । यौन, जीवित प्राणीका लागि गास, बास जस्तै अत्यावश्यक कुरा हो । विशेषगरि पूर्वीय समाजमा यसलाई गोप्य राख्नुपर्ने मान्यता स्थापित छ । अझ पुरुषको तुलनामा महिलाहरू यस मामलामा निकै चनाखो हुन्छन् अर्थात यस विषयमा हत्तपत्त खुल्न चाहँदैनन् । सामाजिक कारणले मात्रै होइन कि जैविक करणले पनि महिलाले आफ्नो यौन चाहना शब्द बोलीमा व्यक्त गर्दैनन् । उसो भए महिलामा यौन चाहना उत्पत्ति भएको कसरी थाहा पाउने त ?  यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेका बेला देखाउने व्यवहारको चर्चा गरिएको...

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ ।” ...

जाडोमा नुहाउँदा यी कुरामा ध्यान दिनुहोस्, जान्नैपर्ने यी ५ कुराहरू !

जाडोमा नुहाउँदा यी कुरामा ध्यान दिनुहोस्, जान्नैपर्ने यी ५ कुराहरू !
काठमाडौं । जाडो सुरु भएको छ र जाडोमा नुहाउने तरिकाबारे हामी सबैलाई थाहा हुनुपर्छ । जाडो सुरु हुनासाथ मानिसहरु नुहाउने कुरामा डराउन थाल्छन् । यहीँ डरका कारण मानिसहरु जाडोमा हप्ताको ३–४ दिन मात्रै नुहाउने गर्छन् । कतिपयले हप्तामा एकपटक मात्र नुहाउने गर्छन् । जाडो होस् या गर्मी सबैले दिनहुँ नुहाउनुपर्छ ।किनभने दिनभर काम गर्दा शरीरमा धुलो र फोहोर जम्मा हुन्छ, जसकारण हाम्रो शरीरको बाहिरी छालामा रहेका छिद्रहरू बन्द हुन्छन् । शरीरमा पाइने अत्यधिक गर्मी र विषाक्त तत्व छालामा रहेको...

भारतीय गाडीमा सिके राउतको विजय जुलुस 

भारतीय गाडीमा सिके राउतको विजय जुलुस 
काठमाडौं । सप्तरी–२ बाट भारी मतका साथ विजयी बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतको आज विजय र्‍याली गरिएको छ । उक्त र्‍यालीमा ठूलो संख्यामा समर्थकहरू सहभागी भए । मत परिणाम घोषणापश्चात् राउतसहित प्रदेशसभाका विजयी उम्मेदवार जिल्ला निर्वाचन आयुक्तको कार्यालयमा प्रमाणपत्र लिन पुगेका थिए । प्रमाणपत्र लिएर निस्केपछि उनीहरू विजय र्‍यालीमा सहभागी भएका हुन् । त्यस क्रममा उनीहरू भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका थिए । आज घोषित परिणाम अनुसार राउतले जनता समाजवादी पार्टीका अध्यक...

मदिरा सेवन गरेपछि नवलपरासीमा मतदान अधिकृत निलम्बन

मदिरा सेवन गरेपछि नवलपरासीमा मतदान अधिकृत निलम्बन
नवलपुर । नवलपरासी पश्चिममा मदिरा सेवन गरेका मतदान अधिकृत निलम्बनमा परेकाछन् । यही मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो । उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका–११, स्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रुपमा खटिएका उनले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर...

राष्ट्रवादी नेता भन्दै बिक्रम पाण्डेलाई गुञ्जानगरमा बाजागाजासहित स्वागत (फोटो सहित )

राष्ट्रवादी नेता भन्दै  बिक्रम पाण्डेलाई गुञ्जानगरमा बाजागाजासहित स्वागत (फोटो सहित )
गुञ्जनगर । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं।३ का प्रतिनिधिसभाका उम्मेदवार विक्रम पाण्डेलाई गुञ्जनगरमा बाजागाजासहित स्वागत गरेको छ। भरतपुर–१८ स्थित गुञ्जनगरमा सत्तारूढ गठबन्धनको सचिवालय अगाडि नै स्थानीयले जोर नरसिङ्गासहितको बाजागाजाले स्वागत गरेका हुन्। चितवन–३ ले विकासवादी एवम् राष्ट्रवादी नेतालाई उम्मेदवारको रूपमा पाएको भन्दै निर्वाचनअघि नै बाजागाजासहित ¥याली निकालेर स्वागत गरेको स्थानीयले बताएका छन्। स्थानीयबाट पाएको न्यानो आतिथ्यताले निर्वाचनमा जीत शुनि...

अभिनेत्री स्वेता खड्का बनिन् आमा

अभिनेत्री स्वेता खड्का बनिन् आमा
काठमाडौं । अभिनेत्री स्वेता खड्का छोरीको आमा बनेकी छन् ।मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा प्रेमि विजयेन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन् । उनीहरूले आफूहरू आमा-बाबु बन्न लागेको खबर केही महिना अगाडि सार्वजनिक गरेका थिए ।गत साता मात्रै स्वेताले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरे...