काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्या रहे पनि काबु बाहिर नरहेको भन्दै त्यसलाई चिर्न सकिने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्रमा समस्या छन् । आस्वस्त पार्न चाहन्छु, समस्या काबु बाहिर छैनन्, समस्या चिर्नेछौं ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग मार्फत अर्थतन्त्रमा भरपुर योगदान पुग्ने उनको विश्वास थियो ।

तपाईको प्रतिक्रिया