×

मनोरञ्जन

चितवनमा सवारी लाइसेन्सको वायोमेट्रिकदेखि ट्रायलका सबै सेवा स्थगित

चितवनमा सवारी लाइसेन्सको वायोमेट्रिकदेखि ट्रायलका सबै सेवा स्थगित
चितवन–चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धि सबै सेवा स्थगित भएको छ । सेवा सुरु भएको तेस्रो दिनमा नै केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले जनाएको छ । केन्द्रीय सर्भरमा समस्या देखिएकोले वायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षा (ट्रायल) सम्मको सबै सेवा स्थगित भएको कार्यालयले जानकारी दिएको छ । सर्भरमा समस्या देखिएको भन्दै कार्यालयले हिजो (मंगलबार) वायोमेट्रिक लिने कार्य स्थगित गरेको हो । त्यस्तै, मंगलबार नै लिइएको लि...

आज चैत १८ गते शनिवार,यस्तो छ तपाईको राशिफल

आज चैत १८ गते शनिवार,यस्तो छ तपाईको राशिफल
मेष ।  आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ । वृष । आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । मिथुन । आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कर्कट । आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । प...

प्रेमीकाे तस्बिर राख्दै एलिनाले भनिन्- तिम्रो सम्झनाले जागै राख्छ

प्रेमीकाे तस्बिर राख्दै एलिनाले भनिन्- तिम्रो सम्झनाले जागै राख्छ
काठमाडौं । गायिका एलिना चौहान यतीबेला निकै चर्चामा आएकी छन् । केही दिनयता गायिका चौहानले अष्ट्रेलियामा रहँदै आएका विष्णु सापकोटासँगको भिडियो लगातार सेयर गर्न थालेपछि यिनीहरुबीच अफेयर चलिरहेको चौतर्फी हल्ला भइरहेको थियो । यसैबीच गायिकाले यस हल्लालाई थप प्रष्ट पारेकी छन् । उनले आफ्नो इन्स्टाग्राममा विष्णुसँगको तस्बीर सेयर गर्दै लेखेकी छन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई निदाएको निदायै राख्छ । तिम्रो साथले मलाई जीवित राख्छ ।’ क्यापसनको अन्त्यमा उनले हार...

गायक हिमाल श्रेष्ठको ‘परेलीले’मा सिक्किम गर्ल सृजना र विकाश

गायक हिमाल श्रेष्ठको ‘परेलीले’मा सिक्किम गर्ल सृजना र विकाश
काठमाडौँ । गायक हिमाल श्रेष्ठको ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ । बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमाल स्वंयमकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा मोडल विकाश चौहान र सृजना कार्कीको अभिनय रहेको छ । सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार, सिक्किम गर्ल सृजना र अमेरिकामा बस्दै आएक...

चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।अर्का उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन्।शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन्।सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, ...

रिस उठ्दा किन ढोका ढ्याम्म लगाउँछौँ ? विज्ञानले बतायो कारण

रिस उठ्दा किन ढोका ढ्याम्म लगाउँछौँ ? विज्ञानले बतायो कारण
काठमाडौँ । के तपाईँ पनि रिस उठ्दा ढोका ढ्याम्म लगाउनुहुन्छ रु यस्तो लगभग सबैलाई हुन्छ । रिस देखाउनका लागि ढोका बेस्सरी लगाउनु वा भाँडा बजार्नु एकाधको बानी नभई यो प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको ‘भेन्टिङ इफेक्ट’ हो जसले रिस कम गराउँछ । तर रिस कम हुनुको अर्को एउटा कारण पनि छ जस अनुसार हामी कुनै एउटा ढोका पार गरेर अर्को कोठामा पुग्छौँ तब अर्को कोठाको इमोसन्स हल्का हुने गर्छ । घरको ढोकाले विश्वमा सबैभन्दा बढी रिस झेलेको हुनुपर्छ । बच्चादेखि ब...

गैँडाकोटमा कुलेन्द्रसँग कला र दुर्गाको दोहोरी घम्साघम्सी

गैँडाकोटमा कुलेन्द्रसँग कला र दुर्गाको दोहोरी घम्साघम्सी
नवलपुर।नवलपुरको गैँडाकोटमा जारी औद्योगिक व्यापार मेलामा कुरेन्द्र बिक, कला लम्साल र दुर्गा सापकोटाको दोहोरी घम्साघम्सी भएको छ । मेलाको पाँचौँ दिन आज बिहीबार मेलास्थलमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरुको त्रिपक्षीय घम्साघम्सी दोहोरी भएको हो । मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले बिहीबारको प्रमुख कलाकारका रुपमा रहेका कुलेन्द्र बिकले आफ्ना प्रस्तुतीहरु राखेपछि प्रत्यक्ष दोहोरी गाएका थिए । बिहीबार साँझ स्टेज उक्लिएका कुलेन्द्रले सालको पातको टपरी हुनी, जलजला...

गैडाकाेटमा जारी महाेत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक आउने

गैडाकाेटमा जारी महाेत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक आउने
नवलपुर । गैँडाकोटमा जारी प्रथम गण्डकी औद्योगिक व्यापार मेला २०७९ अन्तर्गत बिहीबारको सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक आउने भएका छन् । मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले मेलामा बिहीबार चर्चित गायक बिकसहित कला लम्साल, दुर्गा सापकोटा, सपना परियार तथा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने जानकारी दिए ।

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ
काठमाडौं । अस्ट्रेलियाको एक नर्सिङ होममा कार्यरत नेपाली नर्स पक्राउ परेकी छन् । नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डे पक्राउ परेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ । वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् । केही बिरामीलाई पाण्डेले पिटेको आरोप लगाइएको छ । नर्सिङ होम्सकै अन्य कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।