नवलपुर । गैँडाकोटमा जारी प्रथम गण्डकी औद्योगिक व्यापार मेला २०७९ अन्तर्गत बिहीबारको सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक आउने भएका छन् । मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले मेलामा बिहीबार चर्चित गायक बिकसहित कला लम्साल, दुर्गा सापकोटा, सपना परियार तथा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया