×

मध्य नेपाल

५० लाख एसएमएस पठाएर आतंक फैलाउने चितवनका निर्देश सेढाईं पक्राउ

५० लाख एसएमएस पठाएर आतंक फैलाउने चितवनका निर्देश सेढाईं पक्राउ
काठमाडौँ । एकै दिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने चितवनका ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो । सोमबार एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै उनले ३० पुसको १२ बजे राजावादी प्रदर्शनमा आउन आह्वान गरेका थिए । हामीले मङ्गलबार राति ८ बजे सेढाईंलाई नियन्त्रणमा लिएका हौं, कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, अहिले विस्तृत अनुसन्धान र स...

नकावधारी समूहले लुटे बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा

नकावधारी समूहले लुटे बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा
सिन्धुली । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ ।मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । मंगलबार साँझ ७ बजेको समयमा नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो ।घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एस...

कांग्रेस विवाद – यी हुन् वार्तामा नमिलेका विषय

कांग्रेस विवाद – यी हुन् वार्तामा नमिलेका विषय
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषय सहमतिउन्मुख भए पनि केही विषय भने पेचिलो बनेको छ ।आझ भएको त्रिपक्षीय वार्तामा विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह पनि लचक देखिएको छ ।तर सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर गर्नुपर्ने विषय पनि टुंगिन बाँकी छ ।विशेष महाधिवेशन पक्षबाट वार्ताम...

कांग्रेस दास र लासहरूको पार्टी होइन – गगन थापा

कांग्रेस दास र लासहरूको पार्टी होइन – गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् । ‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन ।...

गायक प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको निधन
काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट तामाङको निधन भएको हो । इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।

देउवालाई सुनिल शर्माको सुझाव-माथि जाने बेलामा रोइलो छाडेर यहाँ आउनुस्

देउवालाई सुनिल शर्माको सुझाव-माथि जाने बेलामा रोइलो छाडेर यहाँ आउनुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको माग गर्दै बुझाएको हस्ताक्षरबारे पार्टीमा छलफल समेत नगराएको भन्दै पार्टी नेतृत्वमाथि आक्रोश पोखेका छन्। विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिले बहुमत प्रतिनिधिको मागलाई अवमूल्यन गरेको बताए। उनले भने, ‘यो भिडले तपाईंहरुलाई गिज्याइरहेको छ। हाम्रो मध्यमार्गी बाटो हो। शेरबहादुर दाइ तपाई ठुलो इतिहास बोकेको नेता हो। ८० कटिसक्नुभयो। तपाईँलाई उमेरका कारणल...

रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कांग्रेस चितवनका सभापति भन्छन्– विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ

कांग्रेस चितवनका सभापति भन्छन्– विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ
चितवन- नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीको केन्द्रीय विशेष महाधिवेशनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याएका छन्। खनालका अनुसार २०८२ भाद्र २३ र २४ पछिको राजनीतिक परिस्थितिका कारण कांग्रेसभित्र महाधिवेशनको विषय गम्भीर बनेको छ। पार्टीको १४औँ महाधिवेशनको कार्यकाल मंसिर मसान्त २०८२ सम्म समाप्त हुने भएकाले नियमित महाधिवेशन नै उपयुक्त निकास भएको उनको भनाइ ...

गैडाकोट आज उत्सवमय : महोत्सवमा प्रकाश सपुतसहित चर्चित कलाकारको धमाका

गैडाकोट आज उत्सवमय :  महोत्सवमा प्रकाश सपुतसहित चर्चित कलाकारको धमाका
गैडाकोट- चौथो गैडाकोट महोत्सव अन्तर्गत आज पौष २६ गते महोत्सव परिसरमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै छन्। आजको कार्यक्रम दर्शकका लागि विशेष आकर्षणको रूपमा रहने आयोजक समितिले जनाएको छ। सांस्कृतिक संयोजक किशोर लम्सालका अनुसार आज महोत्सवमा भजन प्रतियोगिता आयोजना गरिँदै छ, जसमा विभिन्न समूहको सहभागिता रहनेछ। “धार्मिक तथा सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले भजन प्रतियोगितालाई विशेष प्राथमिकता दिएका छौँ,” उनले बताए। आजको सांस्कृतिक कार्यक्रममा चर्चित गायिक...