×

मध्य नेपाल

ओलीकै निर्वाचन क्षेत्रमा बालेनको चुनावी तयारी तीव्र, झापामा तीन तहको सचिवालय

ओलीकै निर्वाचन क्षेत्रमा बालेनको चुनावी तयारी तीव्र, झापामा तीन तहको सचिवालय
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चुनावी तयारी तीव्र र व्यवस्थित रूपमा अघि बढाइएको छ। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने तयारीसँगै निर्वाचन सरगर्मी बढेको हो। बालेनको निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन झापाका तीन फरक स्थानमा चुनावी सचिवालय स्थापना गरिएको छ। मुख्य चुनावी सचिवालय दमकस्थित रास्वपा नेता लक्की सिटौलाको घरमा राखिएको छ।...

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने आयोगको संकेत

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने आयोगको संकेत
काठमाडौं । प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ । दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो । विभिन्न दलबाट मिति सार्ने दवाव आएको आयोगका एक आयुक्तले जानकारी दिए । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे ती आयुक्तले आइतबार अनाइनखबरसँग भने, ‘चौतर्फी दबाब आएको छ, सर्वद...

बालेनले आज मेयरबाट राजीनामा दिँदै

बालेनले आज मेयरबाट राजीनामा दिँदै
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्।मेयर बालेनले आज राजीनामा दिने तयारी रहेको उनको सचिवालयले जनाएको छ।मेयर बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोन...

 विष्णु रिजालको प्रतिक्रिया–मालपानीका लागि कसैसँग हात नपसार्नु मेरो कमजोरी !

 विष्णु रिजालको प्रतिक्रिया–मालपानीका लागि कसैसँग हात नपसार्नु मेरो कमजोरी !
काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो टिकट खोसिएकामा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कार्यकर्ताको रोजाइमा पहिलो भए पनि तेस्रोपटकसमेत नेतृत्वको रोजाइमा पर्न सकिनँ ।’ उनले लेखेका छन्, ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’ उनले आफ्नो ठाउँमा ट...

निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन – प्रकाशशरण महत

निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन – प्रकाशशरण महत
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेता डा प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् ।आयोगको निर्णय सार्वजनिक भएलगत्तै  संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाए । ‘आयोगको निर्णय आएको बुझियो । यो निर्णयमा दलसम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिँदैन,’ उनले भने ।अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब हामी हामी छिटै बैठ...

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व सम...

आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ – केपी शर्मा ओली

आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ – केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् ।काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् । असंवैधानिक, लोकतन्त्र विरोधी, संसद् विघटनकर्ताहरू र देशलाई अरजकतामा धकेल्नेहरू हुन् । राजनीतिक पार्टी चाहिएन, नेता चाहिएन भन्नेहरू हुन् ।’ एमालेका लागि चुनावी प्रचारमा जाँदा गरेका कामहरूको लिस्ट लिएर गए हुने उनको भनाइ छ ।‘एमालेले ...

शिक्षाविद् हरि भण्डारी राजनीतिमा : चितवन–३ मा परिवर्तनको संकेत

शिक्षाविद् हरि भण्डारी राजनीतिमा : चितवन–३ मा परिवर्तनको संकेत
चितवन- नेपालको वर्तमान राजनीतिक परिवेश आमनागरिकका लागि दिनानुदिन निराशाजनक बन्दै गएको छ। दशकौँदेखि सत्तामा रहेका परम्परागत राजनीतिक दलहरूले सुशासन, रोजगारी, शिक्षा र समग्र विकासमा अपेक्षित उपलब्धि दिन नसक्दा जनतामा गहिरो असन्तोष बढ्दै गएको यथार्थ सर्वविदित छ। यही पृष्ठभूमिमा नयाँ सोच, स्वच्छ राजनीति र परिणाममुखी नेतृत्वको प्रतीकका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतामा नयाँ आशा जगाउन थालेको छ। यसै परिवर्तनको यात्रामा २०८२ साल पौष ९ गते प्रो. डा. इ. हरि प्रसाद भ...

सरस्वती निकेतनका ३० विद्यार्थी २१ दिने आवासीय तालिमका लागि हात्तिखोर प्रस्थान

सरस्वती निकेतनका ३० विद्यार्थी २१ दिने आवासीय तालिमका लागि हात्तिखोर प्रस्थान
गैँडाकोट - सिं. स. २० औँ सिनियर डिभिजन तालिम अन्तर्गत सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको विद्यालयस्तरीय तालिम सम्पन्न भएपछि विद्यालयका ३० जना विद्यार्थीहरू २१ दिने आवासीय तालिमका लागि हात्तिखोरस्थित शिविरतर्फ प्रस्थान गरेका छन्। विद्यार्थीहरूको प्रस्थानको अवसरमा विद्यालय परिसरमा आयोजित विदाई कार्यक्रममा विद्यार्थीहरूलाई सफल तालिमको शुभकामना दिइएको थियो। कार्यक्रममा वक्ताहरूले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावनालाई जीवनमा आत्मसात् ...