×

मध्य नेपाल

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भ...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपै...

प्रतिनिधि सभा निर्वाचन – आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

प्रतिनिधि सभा निर्वाचन – आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै
काठमाडौं - निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ ।मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका ...

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल
गैँडाकोट -नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको माहोल रचना रिमालले तताएकी छिन् । बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्च अगाडि जम्मा भएर उनलाई साथ दिएका थिए । फोटो फिरिममा बोलको गीत गाएर सांस्कृतिक प्रस्तुती सुरु गरेकी रिमालले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सा...

कांग्रेसले टुंग्यायो १५६ क्षेत्रमा उम्मेदवार (नामसहित)

कांग्रेसले टुंग्यायो १५६ क्षेत्रमा उम्मेदवार (नामसहित)
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५६ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आज मनोनयन दर्ताको दिन पनि कांग्रेसले उम्मेदवार छनोट जारी राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको हो । कांग्रेसले अब ९ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुंग्याउन बाँकी छ ।उम्मेदवारहरूको प्राप्त सूचीअनुसार कांग्रेसले काठमाडौंका १० मध्ये चार निर्वाचन क्षेत्रहरूमा ९१, २, ३ र ७० उम्मेदवा...

मेरो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेलाई म आफैँ डेरा खोजिदिन्छुः ओली

मेरो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेलाई म आफैँ डेरा खोजिदिन्छुः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेहरूका लागि आफूले नै बस्ने व्यवस्था मिलाइदिने बताएका छन्।सोमबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। बाहिरी जिल्लाबाट आएर आफ्नो क्षेत्रमा उम्मेदवारी दिने चर्चामा रहेका व्यक्तिहरूलाई आफैंले डेरा खोजिदिने उनले बताए। न घर छ, न डेरा ​ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने...

प्रचण्डले खोसे वामदेवको टिकट, भन्छन्– अन्तबाट चुनाव लड्दिनँ

प्रचण्डले खोसे वामदेवको टिकट, भन्छन्– अन्तबाट चुनाव लड्दिनँ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपा नेता वामदेव गौतमको टिकट खोसिएको छ ।नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतमको बर्दिया–१ को टिकट खोसेका हुन् ।गौतमले बर्दियाको २ मध्ये १ क्षेत्रमा मधेसका नेतालाई उठाउँदा हुने सुझाव दिँदा टिकट गुमेको बताए । “मलाई जुन क्षेत्रमा राख्नुभयो, पहिला पनि उठेको हुँ, राम्रै थियो । २ नम्बर क्षेत्रमा उहाँले आफ्ना सहयोगीलाई लगेर उठाउनुभयो । त्यसो नगर्नुस्, त्यहाँ मधेसी मूलका उमेदवार उठाऔं भनेको थिएँ,” उनी भन्छन् ।प्रचण्डले गौतमलाई आइतबार टिक...

आज १४ हजारले अवलोकन गरे गैँडाकोट महोत्सव

आज १४ हजारले अवलोकन गरे गैँडाकोट महोत्सव
गैँडाकोट-  नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको आज आइतबार १४ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताए ।सापकोटाकाअनुसार महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्...

महेश बस्नेतले भने, “राष्ट्रघाती प्रवृत्ति विरुद्ध जनमत एकजुट होस्”

महेश बस्नेतले भने, “राष्ट्रघाती प्रवृत्ति विरुद्ध जनमत एकजुट होस्”
काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले आज सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा विकास, सुशासन र राष्ट्रियताको पक्षमा उभिन नागरिकलाई आह्वान गरेका छन्। उनले सिंहदरबार, धरहरा र अन्य राष्ट्रिय सम्पदा जोगाउने जिम्मेवारी एमालेको काँधमा रहेको उल्लेख गर्दै राष्ट्रिय संरचना जलाउने र अराजकता मच्चाउने प्रवृत्तिलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन्। “राष्ट्रिय सम्पदा जोगाउने र स्थायित्व दिने शक्ति एमाले हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्। सचिव बस्नेतले वृद्ध भत्ता, असहाय तथा...