×

मध्य नेपाल

रुपन्देहीमा स्कुल बस र ट्र्याक्टर ठोक्किँदा दर्जनभन्दा बढी विद्यार्थी घाइते

रुपन्देहीमा स्कुल बस र ट्र्याक्टर ठोक्किँदा दर्जनभन्दा बढी विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। परासीबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे ५ बजे बसन्तपुरस्थित टोल गेट नजिक ट्र्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबै विद्यार्थीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए। उनक...

शिक्षा, स्वास्थ्य र कानुनको अनुभव बोकेका घिमिरे कांग्रेसबाट उम्मेदवार

शिक्षा, स्वास्थ्य र कानुनको अनुभव बोकेका घिमिरे कांग्रेसबाट उम्मेदवार
गैँडाकोट - नवलपुर–१ प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका अधिवक्ता बालकृष्ण घिमिरे शिक्षा, स्वास्थ्य, कानुन र सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आएका एक अनुभवी तथा स्थानीय स्तरमै स्थापित राजनीतिक व्यक्तित्व हुन्। बौद्धिक क्षमता, नीतिगत सोच र सुधारमुखी दृष्टिकोणका कारण उनी नवलपुर–१ मा एक सक्षम र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिएका छन्। घिमिरेले राजनीति शास्त्र (M.A.) र शिक्षा शास्त्र (M.Ed.) मा स्नातकोत्तर तथा कानुन (LLB) मा स्नातक अध्ययन पू...

दाउन्ने मन्दिर जाँदै गरेका भक्तजन सिँढीबाट लडेर मृत्यु

दाउन्ने मन्दिर जाँदै गरेका भक्तजन सिँढीबाट लडेर मृत्यु
नवलपुर (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने दुर्गा मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेका ६०–६५ वर्षका तारा प्रसाद भट्टराई सिँढीबाट लडेपछि मृत्यु भएका छन्। घटना  बिहान करिब ८:४५ बजे भएको हो। भट्टराई मध्यबिन्दु नगरपालिका–६ हर्दिया निवासी थिए। घटना जानकारी पाए लगत्तै प्रहरी चौकी दाउन्नेबाट टोली घटनास्थल पुगेको थियो। घाइते भट्टराईलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो, तर चिकित्सकले बिहान १०:०५ बजे उनको मृत्यु भएको घोषणा गरेका छन्। प्रहरीले...

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको भाउ पनि घट्यो

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको भाउ पनि घट्यो
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो ।सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानक...

मूलपानीमा प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा, मर्निङ वाक गर्नेलाई लुट्थे

मूलपानीमा प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा, मर्निङ वाक गर्नेलाई लुट्थे
काठमाडौं । बुधबार राति कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा प्रहरीले गोली हानेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूमध्ये अधिकांश जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन् । प्रहरीले चलाएको गोलीबाट घाइते भएका व्यक्ति प्रहरी वृत्त, महाराजगञ्जबाट भागेको खुलेको छ । धारिलो हतियारसहित समूह बनाएर हिँडेको उक्त गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी काठमाडौंका डीएसपी कौशल बुढाथोकीले ...

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम , सुनको मूल्य तीन लाख ३९ हजार ३००

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम , सुनको मूल्य तीन लाख ३९ हजार ३००
काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्...

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा वैधानिक आयभन्दा बढी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो। आयोगका अनुसार आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट श्रीमती लिली सुवेदीको नाममा समेत विभिन्न सम्प...

नवलपुर–१ मा बालकृष्ण घिमिरेलाई जिताउन कांग्रेस गैंडाकोटको अपिल

नवलपुर–१ मा बालकृष्ण घिमिरेलाई जिताउन कांग्रेस गैंडाकोटको अपिल
गैंडाकोट-नेपाली कांग्रेस नगर कार्यसमिति गैंडाकोटले नवलपुर क्षेत्र नं. १ मा पार्टीका आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरेलाई एकढिक्का भएर विजयी गराउन सबै कांग्रेसजन, शुभेच्छुक तथा आम मतदातासमक्ष अपिल गरेको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले घिमिरेलाई नवलपुर–१ बाट आधिकारिक उम्मेदवार बनाएको हो। उनको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको नगर कार्यसमितिले जनाएको छ। नगर कार्यसमितिका सभापति बद्री सापकोटाद...