×

मध्य नेपाल

मलाई अदालतले न्याय दिनेमा विश्वस्त छु – रवि

मलाई अदालतले न्याय दिनेमा विश्वस्त छु – रवि
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिने विश्वास जनाएका छन् ।बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग तारिखका लागि विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे । सवैले न्याय अदालतबाटै पाउने भएकाले कानूनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए ।‘मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफैँ उपस्थित हुनुपर्ने भएकाले त्यही अनुसार ...

रामेछाप बस दुर्घटना अपडेट- ६ जनाको मृत्यु

रामेछाप बस दुर्घटना अपडेट- ६ जनाको मृत्यु
रामेछापमा बस दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ।यात्रुवहाक बस आज मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो। दुर्घटनमा परी ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकष्ण थापाले जानकारी दिए। उनकाअनुसार प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको सडकबाट तामाकोशी नदीमा खसेको हो।घाइते ८ जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ। ‘५ जनाको बसबाट र एक जनाको बगेको अवस्थामा शव फेला परेको हो,’ थापाले भने, ‘बसभित्र कति थिए यकिन हुन सकेको छैन। चालकको भनाइ अनुसार २०-२२...

चुनावको मुखमा रास्वपामा ठूलो धक्का, गैँडाकोटका हेभीवेट नेता काँग्रेस फर्किए

चुनावको मुखमा रास्वपामा ठूलो धक्का, गैँडाकोटका हेभीवेट नेता काँग्रेस फर्किए
गैँडाकोट । नवलपुरको गैँडाकोटको राजनीतिमा ठूलो तरंग पैदा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गैँडाकोट केन्द्रित प्रभावशाली नेता करुणा सागर सुवेदी र ललित श्रेष्ठ नेपाली काँग्रेसमा पुनः प्रवेश गरेसँगै स्थानीय राजनीतिक वातावरण तातिएको हो । लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सुवेदी र श्रेष्ठ केही समयअघि रास्वपामा आबद्ध भएका थिए । तर चुनावको मुखमा पुनः काँग्रेसमै फर्किनुलाई गैँडाकोटको स्थानीय राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । गैँडाकोटस्थित वीपी स्मृ...

सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍- मृत्युको कारण मुटुको नसा ब्लकेज

सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍- मृत्युको कारण मुटुको नसा ब्लकेज
काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको स्रोतको भनाइ छ । ‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ’ एक चिकित्सकले  भने । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाञ्जीका लागि चलचित्र विकास बोर्डमा राखिने छ । ६८ वर्षीय थापाको शनिबार बिहान...

निर्वाचन आयोगले भन्यो– अब ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन्

निर्वाचन आयोगले भन्यो– अब ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन्
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् । ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’, कावा प्रमुख आयुक्त भण्डारीले भने । भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भ...

सरकार चुनाव सार्ने बहानामा लागेको एमालेको शंका

सरकार चुनाव सार्ने बहानामा लागेको एमालेको शंका
काठमाडौं । नेकपा एमालेले सरकार चुनाव सार्ने बहाना खोजिरहेको आशंका व्यक्त गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीको पछिल्लो अभिव्यक्तिले त्यसलाई सङ्केत गर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबाट चुनाव सार्ने बहाना खोजिरहेको देखिन्छ । हामीले त पहिलादेखि नै भन्दै आएका छौँ फागुनमा चुनाव हुँदैन । त्यसैले सरकार फागुन २१ को चुनाव सार्न खोज्दैछ । मौसम र हिमपातलाई बहाना बनाउन खोजिँद...

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला तीन लाख चार हजार ७००

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला तीन लाख चार हजार ७००
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो माघ २० गते बढेको सुनको मूल्य आज बुधबार माघ २१ मा पनि बढेको हो । महासंघका अनुसार आज सुन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।

गण्डकी प्रदेश स्थापना दिवसमा माघ २२ गते सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापना दिवसमा माघ २२ गते सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको निर्णयअनुसार उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्। प्रदेश स्थापनाको ऐतिहासिक महत्वलाई स्मरण गर्दै स्थापना दिवसलाई भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रदेश सरकारले नागरिकहरूलाई स्थापना दिवसका कार्यक्रमहरूमा सहभागिता जनाउन आग्रहसमेत गरेको छ। नेपालको संविधान २०७२ अनुसार संघीय संरचनाअन्तर...

मनकामना केवलकार नजिकै बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मनकामना केवलकार नजिकै बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
चितवन-  चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित केवलकार गेट अगाडि बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले आज बिहान करिब ८:५३ बजे पैदल यात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा चिकित्सकले बिहान १०:१० बजे मृत घोषणा गरेका छन्।मृतक जिल्ला गोर्खा, सहिद लखन गाउँपालिका–२ का अन्दाजी ३३/३४ वर्षीय जीवन परियार रहेको उनका दाइ प्रकाश परियारले सना...