×

नवलपरासी (पूर्व)- गैंडाकोट नगरपालिका वडा नं. १२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दिल्लीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७४६३ नम्बरको बसले बाटो क्रस गर्दै गरेको बा.प्र.०३-०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गैंडाकोट–१३ निवासी करिब ५८ वर्षीय कृष्ण कंडेल गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका कंडेललाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर बस, स्कुटर तथा बस चालक मोरङ बेलवारी नगरपालिका–२ निवासी ३६ वर्षीय विकास पोखरेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया