×

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गतको दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा आजदेखि लगातार तीन रात सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।पश्चिम खण्ड आयोजना कार्यालयले जारी गरेको सूचनाअनुसार चैत ६ गतेदेखि ८ गतेसम्म प्रत्येक राति ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

हालै परेको वर्षाका कारण सडक अत्यधिक चिप्लो बनेपछि सवारी साधन चिप्लिने, अड्किने तथा दुर्घटनाको जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको आयोजनाले जनाएको छ।आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फ जाने सवारी साधनलाई त्रिवेणी चोक मा रोकिने व्यवस्था मिलाइएको छ। यद्यपि एम्बुलेन्स, दमकललगायत आकस्मिक सेवाका सवारी साधनलाई भने आवागमनमा छुट दिइनेछ।

यातायातमा असहजता आउन सक्ने भएकाले यात्रु तथा चालकलाई वैकल्पिक व्यवस्था अपनाउन र सावधानी अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया