नवलपुर (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने दुर्गा मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेका ६०–६५ वर्षका तारा प्रसाद भट्टराई सिँढीबाट लडेपछि मृत्यु भएका छन्। घटना बिहान करिब ८:४५ बजे भएको हो।
भट्टराई मध्यबिन्दु नगरपालिका–६ हर्दिया निवासी थिए। घटना जानकारी पाए लगत्तै प्रहरी चौकी दाउन्नेबाट टोली घटनास्थल पुगेको थियो। घाइते भट्टराईलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो, तर चिकित्सकले बिहान १०:०५ बजे उनको मृत्यु भएको घोषणा गरेका छन्।
प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको छ।





















उज्यालो खबर










