×

मध्य नेपाल

जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु
घोराही ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको हो । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ...

फर्मेसीको अनुमती लिएर अस्पतालनै संचालन

फर्मेसीको अनुमती लिएर अस्पतालनै संचालन
नवलपुर । दुम्कीवास बजारमा औषधि बिक्रि गर्ने पसलको अनुमती लिएर अस्पताल संचालन गर्दै आएका ३ वटा नक्कली असपतालमा जिल्ला प्रशासनले बिहिवार छापा मारेर शिल गरेको छ ।पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार तिन वटा फार्मेसी ( औषधि बिक्रि मात्र गर्ने ) पसलको अनुमती लिएर एक्सरे, प्रयोगाशाला र बिरामी भर्ना गर्ने बेड नै राखेर अस्पतालनै संचालन गरेको पाइएकाले बिहिवार शिल गरिएको हो । दुम्कीवासको मुख्य बजारमा संचालित आयूष फार्मेसी, दाउन्ने फार्मेसी र पर्वत होम केयरका ...

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

माडीको मगर होमस्टे पर्यटकको रोजाइमा

माडीको मगर होमस्टे पर्यटकको रोजाइमा
चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा रहेको मगर होमस्टे पर्यटकको रोजाइमा पर्दै गएको छ ।माडी नगरपालिका वडा नम्बर ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे मगर होमस्टे पर्यटकको आकर्षण बढ्दै गएको हो । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । मारूनी, सोरठी, कौडा, सालैजो, ठाडोभाका, लाखे नाचलगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान रम्ने गरेको होमस्टे व्यवस्थापन सम...

बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा ३ को मृत्यु

बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा ३ को मृत्यु
बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं। १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल ब...

चितवनमा  ट्रिपर र भ्यान ठोक्किँदा आमा छाेराकाे  मृत्यु

चितवनमा  ट्रिपर र भ्यान ठोक्किँदा आमा छाेराकाे  मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र नारायणगढबाट मुग्लिनतर्फ जाँदा गरेको गइरहेको लु २ ख १७०१ नम्बरको ट्रिपर भरतपुर महानगरपालिका वडा नं। २९ मा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ निवासी ३६ वर्षिया निशा ढुङ्गाना र उनको ९ वर्षिय छोरा निमेश ...

गठबन्धन सरकारकाे उपहार : पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च

गठबन्धन सरकारकाे उपहार : पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च
काठमाण्डौ – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा इ...

बुधवार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

बुधवार सार्वजनिक विदा दिने सरकारकाे निर्णय
काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

पत्रकार सापकाेटाद्धारा पुरस्कारको रकमले बालबालिकालाई सहयोग

पत्रकार सापकाेटाद्धारा पुरस्कारको रकमले बालबालिकालाई सहयोग
माडी । माडी नगरपालिका वडा नं ९ हनुमानझुला, भालु खोला, श्रीदमार र गोवन्दबस्तीका विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि शनिबार कापी सहयोग गरिएको छ ।सञ्चारकर्मी नारायण सापकोटाले प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं जिल्ला अधिवेशनका अवसरमा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट प्राप्त पुरस्कारको रकमबाट विपन्न परिवारका विद्यार्थीहरुलाई कापी सहयोग गरिएको हो । कापी हस्तान्तरण गर्दै ‌माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतोले विपन्न परिवारका विद्यार्थीहरुका ला...