×

मध्य नेपाल

ढुक्क हुनुस् पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु :प्रचण्ड

ढुक्क हुनुस् पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु :प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पार्टीबाट फेल भए राजीनामा दिने बताएका छन् ।चुनावपछि एमसीसीबारे पार्टीमा छलफल हुने बताउँदै प्रचण्डले पार्टीबाट एमसीसी फेल भए राजीनामा दिने बताएका हुन् । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले भने ‘ एमसीसी पार्टीबाटै फेल भए राजीनामा दिन्छु । ढुक्क हुनु’, तर पार्टीभित्र छलफल भने चुनावपछि मात्रै हुन्छ ।’ एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै उनले...

संखुवासभामा बस दुर्घटना हुँदा, १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा, १० जनाको मृत्यु
काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।  

आजदेखि होली सुरू,बसन्तपुरमा चीर ठड्याइयो

आजदेखि होली सुरू,बसन्तपुरमा चीर ठड्याइयो
काठमाडौं ।  काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व शुरू भएको छ।बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ । आज...

वडा अध्यक्षमाथि आक्रमणकाे विरोधमा चितवनकाे कालिका नगरपालिका बन्द

वडा अध्यक्षमाथि आक्रमणकाे विरोधमा चितवनकाे कालिका नगरपालिका बन्द
चितवन, २५ फागुन । कालिका नगरपालिकाले वडा अध्यक्षमाथि अभद्र व्यवहार भएको विरोधमा आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो । नगर प्रमुख मुखनारायण श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ “यही २३ गते यस नगरपालिकाको वडा नं। ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य टिकाराज रिजालमाथि उहाँकै कार्यकक्षमै अराजक व्यक्तिहरुको समूहले गरेको भद्र व्यवहारको विरोधमा आज एक दिन सेवा प्रवाह बन्द रहने छ ।” स...

देउवाले कार्यकर्तालाई भने : गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू

देउवाले कार्यकर्तालाई भने : गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू
काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोलेका प्रधानमन्त्री देउवाले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिएका छन्। ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ सभापति देउवाका भन...

पल शाहलाई बयानका लागि गैंडाकोट ल्याईदै

पल शाहलाई बयानका लागि गैंडाकोट ल्याईदै
नवलपुर । नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट  ल्याइने भएकाे छ ।फागुन ११ गते एक नावालिका गायिकाले शाहले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । फागुन १५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाह विरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडा...

अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् । नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पी...

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस भेटिए, एककाे मृत्यु

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस भेटिए, एककाे मृत्यु
काठमाण्डौ । काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ । गम्भीर घाइते चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहर...

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको...