गैँडाकोट । गैँडाकोट ४ र ५ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।गैँडाकोट ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार तेजप्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँले  १०८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका दिनेशराज न्यौपानेले १०३२ मत प्राप्त गर्नुभएको छ ।
वडा महिला सदस्यमा इन्द्रकला घिमिरे, दलित सदस्यमा धनमाया परियार, खुला सदस्यमा शान्ता घर्ति  र हरि पौडेल  विजयी हुनुभएको छ ।
यस वडामा नगरप्रमुख पदका उम्मेद्वार मदनभक्त अधिकारीले १३०५ मत प्राप्त गर्नुभयो भने एमालेका छत्रराज पौडेलले ७९६ मत प्राप्त गर्नुभयो । काँग्रेसका उपप्रमुख पदका उम्मेद्वार शान्ति कोइरालाले ११२९ मत प्राप्त गर्नुभयो भने राप्रपाका तुलाराम पौडेलले ५३४ मत प्राप्त गर्नुभयो ।

यस्तै गैँडाकोट ५ मा काँग्रेसको प्यानल नै विजयी भएको छ ।वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेद्वार रत्नप्रसाद सापकोटा विजयी हुनुभयाे । गैँडाकाेट ५ मा काँग्रसकाे प्यानलनै विजयी भएकाे छ ।

 

तपाईको प्रतिक्रिया