×

मध्य नेपाल

सिन्धुपाल्चोकको सुकुटेमा युवती बलात्कृत, ३ जना पक्राउ

सिन्धुपाल्चोकको सुकुटेमा युवती बलात्कृत, ३ जना पक्राउ
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् ।चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उक्त रिसोर...

अन्तरविद्यालय पौडी प्रतियोगितामा अङ्कुरमका विद्यार्थीको उत्कृष्ट प्रर्दशन,१२ मध्ये ७ ट्रफि जित्न सफल

अन्तरविद्यालय पौडी प्रतियोगितामा अङ्कुरमका विद्यार्थीको उत्कृष्ट प्रर्दशन,१२ मध्ये ७ ट्रफि जित्न सफल
भरतपुर । निजि विद्यालयहरुको छाता संगठन (बेस) को आयोजना चितवनको भरतपुरमा अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा कुल १२ ट्रफिमध्ये ७ वटा ट्रफि अङ्कुरम् का विद्यार्थीहरुले हात पारे । जसमा ३ जनाले प्रथम ,२ जना द्धितिय र १ जना तृतीय हुन सफल भए । २५ मिटर पौडी प्रतियोगितामा छात्रातर्फ अङ्कुरम् एकेडेमीका डेजी गुरुङ प्रथम, अङ्कुरम् एकेडेमीकै कल्की काफ्ले द्धितीय र बालकुमारी इग्लिस स्कुलकी सुरभी श्रेष्ठ तृतीय हुन सफल भए । यस्तै छात्रतर्फ अङ्कुरम् एकेडेमीका कुना...

पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता

पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता
पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ...

आज दिउँसो पनि ठूलो वर्षाको सम्भावना

आज दिउँसो पनि ठूलो वर्षाको सम्भावना
काठमाण्डौ। कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।वाग्मती, गण्डकी, प्रदेश-१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाण्डौमा भने झरी रोकिएको छ । तर, दिउँसो फेरि पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने उहाँक...

शुक्रबारसम्म देशभर भारी वर्षा, सतर्क रहन अनुरोध

शुक्रबारसम्म देशभर भारी वर्षा, सतर्क रहन अनुरोध
काठमाडौं। आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

डाईभर्सन बगाएपछि नारायणगढ- बुटवल सडकखण्ड अवरुद्ध

डाईभर्सन बगाएपछि नारायणगढ- बुटवल सडकखण्ड अवरुद्ध
नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरि...

बामदेव गौतमले नयाँ दल घोषणा गर्दै

बामदेव गौतमले नयाँ दल घोषणा गर्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी...

कोटेश्वरमा ठूलो दुर्घटना, सार्वजनिक माइक्रो बस र ट्रक ठोक्कियो

कोटेश्वरमा ठूलो दुर्घटना, सार्वजनिक माइक्रो बस र ट्रक ठोक्कियो
काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ। प्रहरीका अनुसार प्रदेश २(००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो दुर्घटनामा परेको हो। माइक्रो भक्तपुर-रत्नपार्कमा गुड्ने सार्वजनिक यातायात रहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

नवलपुरमा झ्याप्प- झ्याप्प बिजुली गएपछि युवासंघ रिसायाे, प्राधिकरणलाइ ध्यानाकर्षण

नवलपुरमा झ्याप्प- झ्याप्प बिजुली गएपछि युवासंघ रिसायाे, प्राधिकरणलाइ ध्यानाकर्षण
नवलपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपुरले अनियमित विधुत्त कटौतीको विरोध गर्दै आज विधुत्त प्राधिकरण कावासोती वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । कावासोतीबाट वितरण हुने विद्युत प्रवाह सम्बन्धमा नवलपुर निवासी सेवाग्राहीलाई विना जानकारी न हावाहुरी, न पानी, न चट्याङ परेको अवस्थामा पनि बारम्बार लाईन काटेर जनतालाई सास्ती दिने काम गरेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न जोडदार माग गरिएको छ । बारम्बार लाईन काट्नुको कारण सहित सेवाग्राहीलाई तत्काल कारण जानकारी दि...