लगातारको बर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया