राजापुर गाउँपालिका र हुप्सेकोट गाउँपालिकाबीच अनुभव आदान प्रदान
नवलपुर । दाङको राजापुर गाउँपालिकाको अध्यक्ष मण्डलको टोलिले हुप्सेकोट गाउँपालिकाको अवलोकन गरेको छ । हुप्सेकोट गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा अवलोकन गर्न राजापुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकी सहितको टोलि हुप्सेकोट आएको हो ।
हुप्सेकोट गाउँपालिकाले सञ्चालन गरेका गतिविधिको स्थलगत रुपमा निरिक्षण गरी अनुभव आदान प्रदान गरिएको राजापुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकीले बताउनु भयो । गाउँपालिका अवलोकनका लागि आउनु भएका राजापुर गाउँपालिकाका जनप्...


