×

मध्य नेपाल

बुटवलको होटलमा महिला र पुरूष मृत भेटिए

बुटवलको होटलमा महिला र पुरूष मृत भेटिए
बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं। १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी क...

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फोटोफिचर)

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फोटोफिचर)
चितवन । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो । भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जानेरआउने गर्न थालेका हुन् । स्नान गर्न जाने क्रम जारी छ । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश...

नहरले बगाउँदा चितवनमा बालिकाको मृत्यु

नहरले बगाउँदा चितवनमा बालिकाको मृत्यु
चितवन। नहरमा डुबेर चितवनमा एक बालिकाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका - १६ एकताटोल ध्रुवचोक नजिकै खेल्दाखेल्दै घर नजिकैको नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीको ज्यान गएको हो । खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेको ठाउँभन्दा एक किलोमिटर तल सेवा केन्द्र टोलबाट अचेत अवस्थामा उद्धार गरेको वडाध्यक्ष हेमराज थापाले बताए ।नहर बाट उद्धार गरी उपचारका लागि नजिकै रहेको गुञ्जमानसिंह अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणाा गरेको जिल्ला प्रह...

नेपाल विश्वविधालय स्थापनाका लागि हुप्सेकोट र मध्यविन्दु नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने

नेपाल विश्वविधालय स्थापनाका लागि हुप्सेकोट र मध्यविन्दु नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने
नवलपुर ।  नेपाल विश्वविधालय स्थापनाका लागि हुप्सेकोट गाउपालिका र मध्यविन्दु नगरपालिकाले उपयुक्त ठाउमा जग्गा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।नेपाल विश्वविधालय पूर्वाधार विकास समितिको उपस्थितिमा हुप्सेकोट गाउपालिका र मध्यविन्दु नगरपालिकाको टोलिले विश्वविधालय स्थापनाका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको हो । हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे र मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले नेपाल विश्वविधालय स्थापनाका लागि उपयुक्त जमिन व्यवस्थ...

एकैदिन थपिए हजार बढी कोरोना संक्रमित

एकैदिन थपिए हजार बढी कोरोना संक्रमित
काठमाडौँ । मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज मात्रै १ हजार ९० जनामा कोरोना देखिएको हो। पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।

एक्सपर्ट एजुकेशन चितवनले मनायो १९औं वार्षिकोत्सव

एक्सपर्ट एजुकेशन चितवनले मनायो १९औं वार्षिकोत्सव
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै आज (सोमबार) १९औं वार्षिकोत्सव मनाएको छ ।एक्सपर्ट एजुकेशन चितवनले भरतपुर–१०, (रोयल सेन्चुरी) पछाडी आफ्नै भवनमा खुल्ला रक्तदान, पत्रकारिता पुरस्कार र देवघाटका वृद्धवृद्धाहरुलाई खाना खुवाएर वार्षिकोत्सव मनाएको छ । सोमबार विहान भएको खुल्ला रक्तदान कार्यक्रम, पुरस्कार वितरणसहितको वार्षिकोत्सव कार्यक्रमको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गरेका थिए । उनले समाजसेवी एवं...

गैँडाकोट ९ मा स्तनपानको महत्व र प्रभावका बारेमा आमाहरुसँग छलफल

गैँडाकोट ९ मा स्तनपानको महत्व र प्रभावका बारेमा आमाहरुसँग छलफल
गैँडाकोट । विश्व स्तनपान दिवसको अवसरमा नवलपुरका गर्भवती,सुत्केरी र २ वर्ष भित्रका सुत्केरी भएका आमाहरुका विचमा स्तनपानको महत्व र यसका प्रभावका बारेमा छलफल गरिएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ को सभाहलमा आयोजित कार्यक्रममा स्तनपानको महत्व, विधी र पोषणका सन्दर्भमा  छलफल गरिएको वडा अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा बच्चाहरुको बृद्धिको अवस्था समेत हेरिएको थियो । २५ जना बच्चाहरुको बृद्धि अनुगमन गरिएकोमा एकजनामा कडा खालको कुपोषण (रातो) एकजनामा मध्यमखालको कुप...

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु
राजविराज । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदा...

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्ट्रचार मुद्दा दायर गरेको छ । त्यस्तै ओमसत्य स...