×

मध्य नेपाल

विप्लव सहितका चार दलद्धारा भोलि नेपाल बन्दकाे घोषणा

विप्लव सहितका चार दलद्धारा भोलि नेपाल बन्दकाे घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् । सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलिको लागि नेपाल बन्दको घोषणा गरेको हो । ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।

रत्ननगर दुर्घटना अपडेट : फरार बोलेरो २४ घण्टाभित्रमा नियन्त्रणमा लिने सहमति, खुल्यो राजमार्ग

रत्ननगर दुर्घटना अपडेट : फरार बोलेरो २४ घण्टाभित्रमा नियन्त्रणमा लिने सहमति, खुल्यो राजमार्ग
चितवन । बृद्धलाई ठक्कर दिएर फरार भएको बोलेरोलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग खुलेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी खोला पुल नजिकै स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरलाई ठक्कर दिएर बोलेरो फरार भएको थियो । ठक्करबाट मगरको मृत्यु भइसकेको छ । बोलेरो फरार भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका मगरको मृत्यु भएको हो । प्रहरील...

कर्मचारीलाई बलात्कारको प्रयास गर्ने बैंकका म्यानेजर पक्राउ

कर्मचारीलाई बलात्कारको प्रयास गर्ने बैंकका म्यानेजर पक्राउ
महोत्तरी ।  संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं। ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् । मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी दिए । युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकफ थिइन्। ...

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अ...

आजपनि बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

आजपनि बन्चरेडाँडामा फोहोर फाल्न अवरोध
काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न रोक लगाएका छन् ।काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्...

रौतहटमा अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहटमा अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो। काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्य...

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् ।जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइ...

नवलपरासीमा १५ क्वीन्टल अवैध चिनी सहित पिकअप गाडी पक्राउ

नवलपरासीमा १५ क्वीन्टल अवैध चिनी सहित पिकअप गाडी पक्राउ
नवलपुर । नवलपरासी प्रहरीले १५ क्वीन्टल अवैध चिनी बरामद गरेको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा १८ दशकठ्ठा स्थितमा लु १ ज ४४०९ नम्बरको पिकअप गाडीबाट सो परिमाणको चिनी बरामद गरेको हो । बरामद चिनीको अन्दाजी मुल्य ९० हजार बराबर र गाडीको अन्दाजी मुल्य १२ लाख बराबर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको ...