चितवन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने बताउनुभएको छ । आज  चितवनको माडीमा विभिन्न आयोजनाको शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुल शिलान्यासको तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘भरतपुर र माडीमा देशलाई नै मोडेल दिनेगरी विकास गर्ने चाहाना छ । विस्तारै विकासले गति लिएको छ । निकुञ्ज ऐन संसोधनको गाठो फुकाउन बाँकी छ । छिट्टै पुरा हुन्छ ।’ अध्यक्ष प्रचण्ड आज दिनभर माडीका विभिनन कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया