×

मध्य नेपाल

काठमाडौं महानगरले भत्काएको बाटो डिभिजन सडकले कालोपत्रे गर्‍यो

काठमाडौं महानगरले भत्काएको बाटो डिभिजन सडकले कालोपत्रे गर्‍यो
काठमाडौं । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रमम...

 हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

 हाजिर जमानीमा छुटे कैलाश सिरोहिया
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् ।जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई क...

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
  काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव)  २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१।५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ ...

चालक र मालिक सम्पर्क विहिन भन्दै आयोजनाको गलत सूचना – क्रेन नआउँदा बाटो दुईतर्फी खुल्न सकेन

चालक र मालिक सम्पर्क विहिन भन्दै आयोजनाको गलत सूचना – क्रेन नआउँदा बाटो दुईतर्फी खुल्न सकेन
कावासोती । अवरुद्ध सडक सन्चालन गर्न नसके पछि नारायणघाट बुटवल सडक आयोजनाको पुर्वी खण्ड हेर्ने गैंडाकोटमा रहेको कार्यालयले सामाजिक संजाल फेसबुकमा गलत सूचना दिएको छ । बाटोमा फसेको ट्रक निकाल्न क्रेन आवश्यक पर्ने भएको र तत्काल क्रेन उपलब्ध नभए पछि आयोजना कार्यालयले ट्रक चालक सहचालक र ट्रक धनी सम्पर्कमा न आएको फेसबुक मार्फत गलत सूचना दिएको खुलेको छ । यता जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलले ट्रक चालक घटनास्थलमै रहेको र ट्रक धनिसँग सम्पर्कको ...

धादिङको बैरेनी खण्डमा सवारी जाम

धादिङको बैरेनी खण्डमा सवारी जाम
  काठमाडौं । गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ । राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्...

टिओआर टुंगाउन शीर्ष नेताहरुसहितको बैठक बस्दै

टिओआर टुंगाउन शीर्ष नेताहरुसहितको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश  टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दैछ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शीर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन । कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेप...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि
  काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । ४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहे...

सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी

सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी
जनकपुरधाम । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ । धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । म्याद बिहिवार नै सकियो । तर विहिवार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लगिदैँछ । अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । ...

काभ्रेमा दम्पतीको हत्या, छुट्टा-छुट्टै कोठामा भेटियो शव

काभ्रेमा दम्पतीको हत्या, छुट्टा-छुट्टै कोठामा भेटियो शव
काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ ...