×

मध्य नेपाल

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वो...

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन । गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पद...

कांग्रेसलाई एमालेको प्रश्न- यो कस्तो खालको लोकतान्त्रिक अभ्यास गर्दै हुनुहुन्छ ?

कांग्रेसलाई एमालेको प्रश्न- यो कस्तो खालको लोकतान्त्रिक अभ्यास गर्दै हुनुहुन्छ ?
  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूरा कार्यकाल चल्ने दाबी गरेका छन् । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा भाग लिँदै उनले सबैलाई विश्वासको मत दिन आग्रह गरे । उनले भने, ‘जनताबाट निर्वाचित भएको प्रधानमन्त्री विश्वासको मत लिन अगाडि बढ्दा पनि सदन अवरोध गर्ने यो कस्तो खालको लोकतन्त्रको अभ्यास हो ? यस्तो काम नगर्न म आग्रह गर्छु, कांग्रेसका सांसदहरुलाई आग्रह गर्छु तपाईंहरुले वेल घेराउ गरिराख्नु...

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, लाखौंको क्षति

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, लाखौंको क्षति
  दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन ...

खेलकुद महासंघका महासचिव कार्की चिन जाने

खेलकुद महासंघका महासचिव  कार्की चिन जाने
काठमाण्डौ । मे १७ देखि २१, २०२४ सम्म हुने अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको बैठकको सहभागिता जनाउन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवम् आईसयफका कार्यकारी सदस्य राज कुमार कार्की चिन जाने भएका छन् ।सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ज्यूको प्रधानमन्त्रीको कार्यालयमा एक कार्यक्रम बिच विदाई गरिएको छ। उक्त कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादीका उपाध्यक्ष, पूर्व मन्त्री शशि श्रेष्ठ, माननीय सरल सहयात्री, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष महेश्वर फ...

शीर्ष नेताहरुको निर्णय कुर्दै सभामुख र सचेतकहरु

शीर्ष नेताहरुको निर्णय कुर्दै सभामुख र सचेतकहरु
  काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, दलहरु आन्तरिक र दुईपक्षीय छलफलमा रहेका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो । नयाँबानेश्वरस्थित संसद भवनमै विपक्षी दलहरु छलफलमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी दलहरु नयाँबानेश्वरमा छलफलमा छन् । यही बेला सत्तारुढ दल...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
  काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्...

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।सभामुख घिमिरेले उपप्रधानमन्...

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते
  पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् । बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्ब...