×

मध्य नेपाल

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ ।भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपाल...

यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गरेको छ ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।करिब दुई घण्टा लगाएर संसद्‍मा पेस भएको नीति तथा कार्यक्रममा अधिकांश विषय चालु आवकै दोहोरिएका छन् । राष्ट्रपति पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा सरकारले सूचना प्रविधि (आईटी)  क्षेत्रमा ५ हजारलाई रोजगारी दिने, कृषि लगानी दशक घोषणादे...

सेवाग्राहीसँग सीडीओको १ घण्टा

सेवाग्राहीसँग सीडीओको १ घण्टा
  काठमाडौं । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी  खिमराज भुसालले सेवाग्राहीसँग १ घण्टा कार्यक्रम सुरु गरेका छन् ।सीडीओ भुसालले दैनिक १ बजेदेखि दिउँसो २ बजेसम्म सेवाग्राहीसँग समय बिताउने तालिका बनाएर कार्यक्रम सुरु गरेका हुन् । यसका लागि उनले खाजा खाने समयमा प्रशासन कार्यालय परिसरको प्रतिक्षालयमा गएर सेवाग्राहीको पीरमर्का तथा गुनासो सुन्ने गर्छन् ।यो कार्यक्रमको नाम ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी’ राखिएको छ । कार्यालयका कर्मचारीको व्यवहार, से...

काठमाडौंमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ

काठमाडौंमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत...

जयश्री फुड्स गैँडाकोटले भोलि रक्तदान कार्यक्रम गर्ने

जयश्री फुड्स गैँडाकोटले भोलि रक्तदान कार्यक्रम गर्ने
नवलपुर । गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि को प्राङ्गणमा वैशाख २९ गते शनिबार बिहान ६ः३० बजेदेखी रक्तदान कार्यक्रम हुने भएको छ । जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले उद्योग स्थापना भएको ११ औँ वर्ष पुरा गरी १२ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसअघि पनि जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायि...

कांग्रेसको तयारी : रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

कांग्रेसको तयारी : रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने
काठमाडौं - नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् । त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लाम...

संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आध...

सप्तरीमा बैंकका सुरक्षागार्डको हत्या

सप्तरीमा बैंकका सुरक्षागार्डको हत्या
काठमाडौं- सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको अवस्थामा बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो। उनी राति ड्युटीका लागि कार्यालयमा बसेका थिए। बिहान हत्या भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो। कसले हत्या गरेको भन्ने खुलेको छैन।प्रहरी...

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, करु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्...