×

मध्य नेपाल

चितवनमा पेस्तोल देखाएर सुनचाँदी पसलमा लुटपाट

चितवनमा पेस्तोल देखाएर सुनचाँदी पसलमा लुटपाट
चितवन- चितवनमा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्लाको कालिका नगरपालिका–६ खोलेसिमलमा सुनचाँदी पसलमा आज साँझ लुटपाट भएको हो ।खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा राति ८: ४० वजे वजे हतियार सहित २ जनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको बताइएको छ । पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरील...

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार
बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।

सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार (असार ३ )  मा सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित

रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित
काठमाडौं- आईसीसी टी–२० विश्वकपमा समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० मा भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो । पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भ...

कर्णाली नदीमाथि ७ घण्टा झुण्डिएका ९ वटा खच्चडको जीवितै उद्धार

कर्णाली नदीमाथि ७ घण्टा झुण्डिएका ९ वटा खच्चडको जीवितै उद्धार
  काठमाडौं । अछाम र दैलेख जोड्न कर्णाली नदीमाथि बनेको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडको करिब ७ घण्टापछि जीवितै उद्धार गरिएको छ । २ वटा खच्चड भने मरेका छन् । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकका अनुसार एउटा खच्चड पुलमै मृत फेला परेको थियो भने एउटा खच्चडको कर्णाली नदीमा बगेर मृत्यु भएको हो । मरेका दुईवटै खच्चड व्यवसायी जीवन रोका मगरका हुन् । १४ वर्षदेखि खच्चड व्यवसाय गर्दै आएका राजेन्द्र बोहराको ५ वटा खच्चडको उद्धार त भय...

अझै केही दिन तराईमा अत्यधिक गर्मीको सम्भावना, दिइयो तातो लहरको चेतावनी

अझै केही दिन तराईमा अत्यधिक गर्मीको सम्भावना, दिइयो तातो लहरको चेतावनी
काठमाडौं- अझै केही दिन तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, ती भूभागमा अबका तीन दिन (जेठ २६ देखि जेठ २८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी शनिबार आठ...

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्
  काठमाडौं । गर्मी मौसमबाट बच्ने विभिन्न तरिका छन् । तीमध्ये एक हो, एयर कन्डिन्सनर (एसी) जडान गर्ने । तर बिजुलीबाट चल्ने एसीलाई नियमित चलाउँदा बिलमा रकम पनि त्यही अनुसारको उठ्ने गर्छ । तर केही सामान्य तरिका अपनाउँदा बिजुलीमा उठ्ने भारी रकमलाई कम गर्न सकिन्छ । १. ठिक्कको तापक्रम सेट गर्नुहोस् एसीलाई सबैभन्दा तल्लो तहमा चलाउँदा कोठा छिटो चिसिन्छ भन्ने विश्वास छ । तर सबै अवस्थामा यसले काम गर्दैन । र, यो तरिका शुल्कको नजरबाट त्यति उपयुक्त पनि हुँदैन । किनकि त्यो ताप...

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितले देखाए कालोझण्डा

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितले देखाए कालोझण्डा
पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् ।आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री...

मतदाता नामावलीका विषयमा उत्पन्न विवादले नेपाल पत्रकार महासंघको चुनाव सर्ने

मतदाता नामावलीका विषयमा उत्पन्न विवादले नेपाल पत्रकार महासंघको चुनाव सर्ने
काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । ‘केन्द्रीय समितिमा रहेका भूगोलका साथीहरुको विवाद समाधान नभएका कारण केही समयका लागि सार्ने हो कि भनी सुझाव दिनु भएको छ, आज पनि त्यस विषयमा छलफल गरी एउटा टुङ्गोमा पुगिन्छ’, उनले भने, ‘मतदाता नामावलीमा लगभग ...