×

मध्य नेपाल

पहिरोमा परी कास्कीमा २ जना बालबालिकाको मृत्यु

पहिरोमा परी कास्कीमा २ जना बालबालिकाको मृत्यु
काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै पहिरोम...

द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन विज्ञापन, मासिक तलब २ लाख

द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन विज्ञापन, मासिक तलब २ लाख
  काठमाडौ‌ं । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । विभागले ८ सय जनाको आवेदन माग गरे पनि ५ सय जनालाई मुख्य उम्मेदवार र बाँकी ३ सय जनालाई वैकल्पिक उम्मेदवार बनाउने गरी सूचना आह्वान गरेको छ । जसमा ६० प्रतिशत महिला छन् भने ४० प्रतिशत पुरुषका लागि कोटा छुट्याइएको जनाएको छ । उनीहरुका लागि मासिक ५ हजार ८८० सेकेल (...

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । त्यही कारण ६ र ८ असारमा नगरसभाको वैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम ...

वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न सीडीओहरुलाई निर्देशन

वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न सीडीओहरुलाई निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन गरिएको छ । सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि ...

नारायणी नदीमा नुहाउन गएका वृद्धको गोहीको आक्रमणबाट मृत्यु

नारायणी नदीमा नुहाउन गएका वृद्धको गोहीको आक्रमणबाट मृत्यु
गैँडाकोट— नवलपुरको मध्यबिन्दु नगरपालिका अन्तर्गत पर्ने नारायणी नदीमा  नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलका अनुसार मध्यबिन्दु नगरपालिका-२ सेहरी गाउँस्थित नारायणी नदी किनारको रहमा आज बिहान नुहाउन गएका ७२ वर्षीय मिनबहादुर थारुलाई गोहीले तानेको हो । गाहीले तानेर पानी भित्र डेढ घण्टासम्म राखेको थियो ।प्रहरीले लाश निकालेर पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा पठाएको जनाएको छ ।

पत्रकार महासंघको चुनाव : हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)

पत्रकार महासंघको चुनाव : हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)
काठमाडौँ । नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आइतबार साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ ।महासंघको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएसँगै विवाद समेत भ...

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ ।आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । तीन तलाको मार्टको माथिल्लो तलाबाट विहीबार बेलुकी आगलागी सुरु भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।आगलागी नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो । आगो निभाउनका लागि रुपन्देह...

पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो

पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
काठमाडौं । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ ।आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।इच्छाकामना-३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो । सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा ल...

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द
काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।