×

नवलपुर विशेष

नवलपुरको सुपा निर्माण कम्पनी राजस्व छली गर्दै, १७ गाडी प्रहरीको नियन्त्रणमा

नवलपुरको सुपा निर्माण कम्पनी राजस्व छली गर्दै, १७ गाडी प्रहरीको नियन्त्रणमा
कावासोती । अवैध गिट्टी, बालुवासहित १७ वटा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुङखोलाबाट आइतबार राजस्व छली सामान ढुवानी गरेको अवस्थामा ती गाडी र चालकलाई नियन्त्रणमा लिएको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार राजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिलाई खोलाजन्य पदार्थ बिक्री गर्न लागेको अवस्थामा १७ वटा मालवाहक टिपर नियन्त्रणमा लिएको हो । मध्यविन्दु – १३ मा रहेको सुपा निर्माण कम्प...

विजय सामुदायिक शिक्षा सदनमा तालिम अनुगमन र उत्प्रेरणात्मक प्रबचन कार्यक्रम

विजय सामुदायिक शिक्षा सदनमा  तालिम अनुगमन र उत्प्रेरणात्मक प्रबचन कार्यक्रम
गैँडाकोट ।गैँडाकोट । श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले विजय सामुदायिक शिक्षा सदनमा क्याडेट छात्र, छात्राको तालिम अनुगमन गर्नुभएको छ । अनुगमन साथै छात्र, छात्रालाई उत्प्रेरणात्मक प्रबचन कार्यक्रम पनि भएको छ ।सो अवसरमा महानिर्देशक कार्कीले जिवनमा आउने हरेक चुनौतीलाई सामना गर्दै अगाडी बढ्न सकेमा सफल बनिने बताउनुभयो । उहाँले धर्म, संस्कृति र संस्कारलाई आत्मसाथ गर्दै अगाडी आउन सके सफल बनिने बताउनुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै विजय साम...

मनकामना केबलकार दुई दिन बन्द रहने

मनकामना केबलकार दुई दिन बन्द रहने
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको हो । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुई दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने छ ।

मोबाइल चार्ज गर्दा करेन्ट लागेर नवलपुरमा महिलाको मृत्यु

मोबाइल चार्ज गर्दा करेन्ट लागेर नवलपुरमा महिलाको मृत्यु
कावासोती । नवलपुरको हुप्सेकोटमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । शुक्रबार साँझको ६ बजेको समयमा आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा हुप्सेकोट-२ गाँडा खोला बस्ने २३ वर्षीय भुमिसरा आले करेन्ट लागेर घाईते भएकी थिईन । करेन्ट लागेर घाईते भएकी आलेको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा करिब आठ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

मौलाकाली केवलकार परिसरमा एटिएम सेवा शुभारम्भ

मौलाकाली केवलकार परिसरमा एटिएम सेवा शुभारम्भ
गैंडाकोट । मौलाकाली केवलकार परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा शुभारम्भ भएको छ । बिहिवार एक समारोहका बीच केवलकार परिसरमा एटिएम सेवाको उद्घाटन गरिएको हो । गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी र मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले संयुक्त रुपमा पानसमा दियो बाली एटिएम सेवाको उद्घाटन गर्नुभएको हो ।  केवलकारका स्टेशन मेनेजर पौडेलले नेपालको नम्बर वन बैंक बन्न सफल ग्लोबल आइएमई बैंकले आफ्नो परिसरमा एटिएम सेवा शुरु गरेकोमा यसबाट धेरै सेवाग्रा...

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २४ औं वार्षिकोत्सव मनाउँदै

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २४ औं वार्षिकोत्सव मनाउँदै
चितवन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो स्थापना दिवस मनाउँदै छ । असोज १० गते विभिन्न कार्यक्रमको आयोजना गरी १९ औं क्यान्सर सतर्कता दिवस तथा २४ औं वार्षिकोत्सव मनाउन लागेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार असोज १० गते बिहान ६ बजे भरतपुरको चौबीसकोठीदेखि क्यान्सर अस्पतालसम्म म्याराथोन दौड आयोजना गरिएको छ । बिहान ११ बजेदेखि अस्पतालको सभाहलमा विशेष कार्यक्रम हुनेछ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, ...

२ लाख २९ हजार नगदसहित कावासोतीबाट ८ जुवाडे पक्राउ

२ लाख २९ हजार नगदसहित कावासोतीबाट ८ जुवाडे पक्राउ
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा गोविन्द न्यौपानेको घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती २ निवासी ४२ बर्षीय सुन्दर श्रेष्ठ, कावासोती ३ निवासी ३८ बर्षीय श्याम भट्टराई, कावासोती –११ निवासी ३९ बर्षीय ज्ञानेन्द्र महतो, कावासोती २ निवासी २८ बर्षीय नारायण उपाध्याय, कावासोती २ निवासी ३९ बर्षीय गोविन्द शर्मा न्यौपान...

गैंडाकोटमा आँखा उपचार केन्द्र खुल्ने

गैंडाकोटमा आँखा उपचार केन्द्र खुल्ने
गैंडाकोट । नवलपुरको गैंडाकोटमा आँखा उपचार केन्द्र खुल्ने भएको छ । नेपाल नेत्रज्योति संघ र गैंडाकोट नगरपालिकाबीच आज यस सम्बन्धी सहमति भएको हो ।सहमतिपत्रमा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र संघका सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले हस्ताक्षर गर्नुभयो । मुकुन्दपुरस्थित गैंडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आउनेछ । नगरपालिका र संघले सहकार्य गरेर केन्द्र सञ्चालन गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर आँखा...

शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ नवलपुरका होमनाथ भन्छन् – देशको प्रधानमन्त्री पढाइरहेको छु

शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ नवलपुरका होमनाथ भन्छन् – देशको प्रधानमन्त्री पढाइरहेको छु
काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयकको विरुद्धको आन्दोलनमा एक शिक्षकको भिडियो सामाजिक सञ्जालभरी सार्वजनिक भयो । सिलाएको झोला बोकेर आन्दोलनमा अगुवाइ गरिरहेका उनको भिडियो भाइरल भएको थियो ।सामाजिक सञ्जालमा असल शिक्षकको रुपमा प्रशंसासहित सार्वजनिक भएका तिनै शिक्षक होमनाथ न्यौपानेको बारेमा  थप जानकारी लिएका छौँ । ४० वर्षका होमनाथ न्यौपाने माध्यामिक तहका शिक्षक हुन् । विज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर न्यौपाने देवचुली नगरपालिका १५ मा रहेको जनज्योती माध्य...