×

गैँडाकोट । त्रिवेणी ब्यारेज पुलबाट खसेर एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ८ घर भएका ४५ वर्षका कृष्ण दराईको पुलबाट नदीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर हिडेका दराई मंगलबार अपरान्ह ४ वजे अचानक पुलबाट नदीमा खसेका थिए । उनको शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा ज्यान गएको हो ।
चितवन महानगरपालिका वडा नं. ८ स्थायी घर भएका उनि विगत केहिसमयदेखि बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ७ मा बस्दै आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया