क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबलमा आज र भोलि प्रवेश निःशुल्क
चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।
होटल व्यवसायी संघका सचिव कृष्ण महतोका अनुसार आज सुवोध गौतम, प्रजापती पराजुली, ढाकाराम पौडेल, तारा थापा लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा हिजो राति द स्याडोज व्याण्डले प्रस्तुती दिएको थियो ।
फुड फेस्टिबलमा दर्शकहरुले उत्साहजनक...


